News

कस्तो छ विश्वको उत्कृष्ट होटेलको सूचीमा परेको नेपाली रिसोर्ट ?

By BabinaMarch 17, 20242 min read
कस्तो छ विश्वको उत्कृष्ट होटेलको सूचीमा परेको नेपाली रिसोर्ट ?

काठमाडौं । हिमाली जिल्ला मुस्ताङको जोमसोम स्थित ‘शिन्तामणी मुस्ताङ’ रिसोर्ट विश्वको उत्कृष्ट २२ होटलको सूचीमा पर्न सफल भएको छ । नेशनल जोग्राफीक च्यानलले  २०२४ को ‘बेस्ट अफ त वल्र्ड’ सूचीमा ‘शिन्तामणी मुस्ताङ’ रिसोर्टलाई पहिलो स्थानमा राखेको हो ।

स्थानीय ढुंगाबाट निर्मित यो रिसोर्ट दुई वर्षअघि मात्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । 

प्राचीन तथा परम्परागत डिजाइनमा बनाइएको रिसोर्ट संसारभरबाट हिमाली क्षेत्रका साथै गुम्बा र स्थानीय जनजीवनसँग घुलमिल गर्न चाहने पर्यटकहरूले सर्वाधिक रुचाएको नेशनल जोग्राफिक डट कमले उल्लेख गरेको छ ।

होटेलका विशेषताहरूः

shinta mani mustangयति ग्रुप अफ कम्पनीले १ अर्ब १० करोड रुपैयाँ लगानीमा निर्माण गरी सञ्चालनमा आएको रिसोर्टमा २९ वटा स्वीट रुम छन् । जसमध्ये दुईवटा जुनियर स्वीट, नौवटा ग्राउन्ड फ्लोर स्वीट, १४ वटा टप फ्लोर स्वीट र एउटा बाल्कोनी स्वीट रहेको छन् । 

रिसोर्टका प्रत्येक सुइटहरू ४५ वर्ग मिटर फराकिला छन् । प्रत्येक सुइटलाई परम्परागत शैलीमा डिजाइन गरिएको छ । कोठामा ठूलो झ्यालहरू प्रयोग गरिएको छ । जहाँबाट बाहिरका दृश्यहरू छर्लङ्ग देखिन्छन् । कोठाबाटै निलगिरी हिमालयको सुन्दर दृश्य देखिन्छ ।

shinta mani mustang

शिन्तामणिमा होटलमा बस्न चाहने नेपाली वा विदेशीले अनिवार्य रुपमा ५ दिनको बुकिङ गर्नुपर्छ ।

रिसोर्टमा न्यूनतम प्रतिदिन १८ सय र २२ सय अमेरिकी डलर (दुई लाख ३९ हजारदेखि दुई लाख ९३ हजार रुपैयाँ) तोकिएको छ । शिन्तामणिमा बस्‍न विदेशी पर्यटकले पाँच दिनको प्याकेज खरिद गर्नैपर्ने हुन्छ । १२ लाखदेखि १४ लाख ६३ हजार रुपैयाँसम्म खर्च गर्न सक्नेमात्र शिन्तामणिको पाहुना हुन सक्छन् ।

विदेशी पर्यटकले जुनियर सुइटको पाँच दिनका लागि करसहित ११ लाख ९७ हजार रुपैयाँ तिर्नुपर्छ भने ग्राउन्ड फ्लोर सुइटको प्रतिदिन १९ सय डलरका दरले पाँच दिनको १२ लाख ६३ हजार पाँच सय तिर्नुपर्ने हुन्छ । 

टप फ्लोर सुइटमा पाँच दिनको प्याकेजका लागि १३ लाख ३० हजार र प्रतिदिन २२ सय डलर तोकिएको छ । बाल्कोनी सुइटमा बस्न पाँच दिनको १४ लाख ६३ हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

नेपाली पाहुनाहरुका लागि भने रिसोर्टले ५० प्रतिशत छुट दिएको जनाएको छ । नेपाली पर्यटकका लागि स्पेशल प्याकेज बनाउन लागिएको जनाइएको छ । 

shinta mani mustang

रिसोर्टमा ६० सिटको निलगिरी भोजनालय छ । सो रेष्टुरेन्टमा स्थानीय मौलिक परिकारदेखि पश्‍चिमा परिकार पाक्छन् ।

होटलका कोठा अमेरिकी आर्किटेक्ट कम्पनी बेन्सलेकै डिजाइनअनुसार पुनर्निर्माण गरिएको छ । यो नयाँ लक्जरी ब्रान्ड हो । यो कम्बोडिया बाहिर शिन्तामणि होटेल्सको पहिलो अन्तर्राष्ट्रिय फ्ल्यागशीप प्रपर्टी हो ।

समुद्र सतहबाट २ हजार ८ सय मिटर उचाइ तथा कालिगण्डकी नदीछेउ जोमसोममा रहेको होटलमा २९ कोठा छन । शिन्तामणिमा बस्न न्यूनतम ५ दिनको बुकिङ गर्नुपर्छ। नेपाली वा विदेशी जो भए पनि होटलमा बस्न चाहनेले अनिवार्य कम्तीमा ५ दिनको बुकिङ गर्नुपर्नेछ। 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  
Mustang at Shintamani ResortNepal Top ResortShintamani Mustang Resort

You May Also Like

More stories from Basobaas