Market

मलेसियामा सरकारी जग्गा अतिक्रमणमा संलग्न तीन नेपाली पक्राउ

Pinterest LinkedIn Tumblr

काठमाडौं । मलेसियामा डुरियन (कटहर जस्तो एक फल) खेतीको लागि सरकारी जग्गा अतिक्रमण गरेको आरोपमा तीन नेपालीसहित ४८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० देखि ६७ वर्ष उमेर समूहका १२ इन्डोनेसियाली, ७ म्यानमार, २ बंगलादेश र नेपालका तीनजना विदेशी रहेका छन् ।

मलेसियाको राउब भन्ने स्थानमा पचाङ स्टेट एग्रिकल्चरल डेभलपमेन्ट कर्पोरेसनको जग्गा समेत प्रयोग गरेर सो खेती गरेको जनाइएको छ । पक्राउ पर्नेमा मुसाङ किङ डुरियन प्लान्टेसनका मालिक र कामदार हुन् । 

पक्राउ परेकाहरूलाई पहाङ राज्य प्रवर्तन इकाई र सम्बन्धित जिल्ला वन कार्यालय जस्ता अन्य निकायबाट अनुसन्धान भइरहेको छ । उनीहरूलाई धरौटीमा रिहा गरिएको जनाइएको छ । 

मलेसियाको राउब भन्ने स्थानमा पचाङ स्टेट एग्रिकल्चरल डेभलपमेन्ट कर्पोरेसनको जग्गा समेत प्रयोग गरेर सो खेती गरेको जनाइएको छ । 

सो प्रकरण स्थानीय अदालतमा पनि गएको र अदालतले त्यस्तो अतिक्रमण रोक्न आदेश दिएको छ ।

एजेन्सी

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It