News

घरजग्गा कारोबारको कर तिर्ने महासंघको प्रतिबद्धता, कर्जा सहज गराउन माग

By MenuqshFebruary 12, 20241 min read
घरजग्गा कारोबारको कर तिर्ने महासंघको प्रतिबद्धता, कर्जा सहज गराउन माग

काठमाडौं । घरजग्गा कारोबार गर्दा कम्पनी दर्ता गरी कर कानुनको पालना गर्ने नेपाल जग्गा तथा आवास विकास महासंघले घोषणा गरेको छ । पोखरामा सम्पन्न महासंघको महासभामा जारी १९ बुँदे घोषणापत्रमा महासंघले यस्तो प्रतिबद्धता जनाएको हो । 

घरजग्गालाई व्यवस्थित, मर्यादित र अनुशासित ढंगले राज्यलाई थप योगदान दिने ढंगले काम गर्नको लागि स्टक मार्केट जस्तै रियल स्टेट मार्केट गठन गर्नुपर्ने महासंघले जनाएको छ ।

ल्याण्डपोलिङ, हाउजिङपोलिङ गरेर निजी क्षेत्रलाई सहभागी गराइ टाउनसिप गराउने ढङ्गमा सहकार्य गर्नुपर्ने महासंघले जनाएको छ ।

महासंघको प्रतिबद्धतामा समावेश बुँदाहरूः

३३ जिल्ला संघसहित ५० जिल्लाका तीन सय ५० भन्दा बढी घरजग्गा व्यवसायीको उपस्थिति रहेको सम्मेलनले निम्न प्रतिबद्धता गरेको छः

  • रियल इस्टेटलाई उद्योगका रूपमा विकास गर्ने, 
  • ब्रोकरेज नियमन र भूमि बजारसम्बन्धी कानुन निर्माण गर्न पहल गर्ने, 
  • जग्गाको हदबन्दी हटाउन पहल गर्ने, 
  • अपार्टमेन्ट बिक्रीका लागि कानुनी व्यवस्था गर्न आह्वान गर्ने, 
  • वातावरणमैत्री सहरी विकास गर्ने, 
  • नयाँ सहर विकास गर्ने, 
  • व्यक्ति निर्मित आवास प्रणालीको अन्त्य गर्न पहल गर्ने, 
  • बहुतले अपार्टमेन्ट एवं मिश्रित व्यावसायिक भवनहरूको विकासमा जोड दिने, आदि ।

महासभाले वैशाखमा हाउजिङ सम्मेलन गर्ने निर्णय गरेको महासंघले जनाएको छ । 

रियल इस्टेट कर्जा सरलीकृत गर्न महासंघको मागः

महासभामा महासंघले रियल इस्टेट क्षेत्रमा प्रवाह हुने कर्जामा समेत सरलीकृत गरी लगानीको वातावरण सिर्जना गर्न राष्ट्र बैंकसँग माग गरेको छ । यस्तै महासंघले आवासलाई आधारभूत आवश्यकताको रुपमा सुनिश्चित गर्न सरोकारवाला पक्षसँग आह्वान गरेको छ ।

त्यस्तै, प्रशासनिक बाधा अड्चनहरू हटाउने, सरकारी–निजी क्षेत्र बीचको सहकार्यमा जोड दिने, पोखरालाई मुलुकको पर्यटन राजधानी बनाउने, विशेष आर्थिक क्षेत्र स्थापना गर्ने, गण्डकी प्रदेश सरकारसँग सहकार्य गर्ने, सहरी तथा क्षेत्रीय अध्ययन प्रतिष्ठानसँग सहकार्य गर्ने, सङ्गठित हुनुपर्ने, महासंघले जिम्मेवार व्यवसायीको भूमिका निर्वाह गर्ने जारी घोषणापत्रमा उल्लेख छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

companieshousing developmentnepalproperty marketreal estateRegistrationregulationstax compliance

You May Also Like

More stories from Basobaas