News

आठौं अन्तरराष्ट्रिय नेपाल बिल्डकन एक्स्पो सम्पन्न

By BabinaFebruary 27, 20231 min read
आठौं अन्तरराष्ट्रिय नेपाल बिल्डकन एक्स्पो सम्पन्न

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो’ आइतबार सम्पन्न भएको छ । बिहिबारदेखि चार दिनसम्म चलेको एक्स्पोमा हाल प्रयोग भइरहेका नविनतम सामाग्रीहरूको प्रदर्शनी गरिएको थियो । 

आठौं अन्तरराष्ट्रिय नेपाल बिल्डकन एक्स्पो सम्पन्न
आठौं अन्तरराष्ट्रिय नेपाल बिल्डकन एक्स्पो

३० हजारले अवलोकन गरेको आयोजक मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक सृजल भट्टराइले बताए । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रूपमा आयोजना गरिएको एक्पोमा देश तथा विदेशका १५० भन्दा बढि निर्माण उपकरण तथा औजारहरू उत्पादन गर्ने कम्पनीहरूको सहभागिता रहेको थियो । 

एक्स्पोमा निर्माण सामग्री, मेसिनरी, आवास कम्पनीहरू, अपार्टमेन्ट, प्रिफ्याब संरचना, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइपहरू, टायल र सेनेटरी वेयर, पावर औजार, कंक्रिट ब्लक मेसिनरी उत्पादक तथा वितरकहरू सहभागी थिए । 

आठौं अन्तरराष्ट्रिय नेपाल बिल्डकन एक्स्पो सम्पन्न
आठौं अन्तरराष्ट्रिय नेपाल बिल्डकन एक्स्पो

प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिकबाहेक निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर्स, कन्ट्रयाक्टर्स, बिल्डर्स तथा इन्टिरियर डिजाइनरहरू सहभागी भएको भट्टराइले बताए ।

अपेक्षा भन्दा धेरैले एक्स्पोको अवलोकन गरेको र एक्स्पोले लक्ष्यभन्दा उत्कृष्ट सफलता प्राप्त गरेको आयोजक समितिले जनाएको छ ।

nepal buildcon exponepal buildcon international exponepal housing and investment expo 2023

You May Also Like

More stories from Basobaas