Lifestyle

वास्तुअनुसार घरको ‘नेमप्लेट’ कस्तो हुनुपर्छ ? यी हुन् ध्यान दिनुपर्ने कुराहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । कुनै पनि घरमा निवास गर्ने परिवारको परिचय झल्काउने गरी गेटहरूमा नेमप्लेट लगाउने गरिन्छ । यसले घरधनीको परिचय झल्काउने मात्रै नभएर घरमा विशेष ऊर्जा प्रवाह पनि गराउँछ । आजको लेखमा वास्तुमा नेमप्लेटको महत्व र यस सम्बन्धमा ध्यान दिनु पर्ने कुराहरूको चर्चा गरौँ ।

वास्तुले घरको मुख्य द्वारलाई ऊर्जा प्रवाहको मूख्य स्थान मान्ने हुँदा मुख्य प्रवेशद्वारमा लगाइएको नेमप्लेट गलत भएमा घरमा प्रतिकूल प्रभाव पर्न सक्छ । सही ढंगले लगाइएको नेमप्लेटले सकारात्मक ऊर्जालाई आफूतर्फ आकर्षित गर्छ । जसले गर्दा घरायसी समस्या र रोगव्याधिको भय कम भइ घरमा सुख–समृद्धि बढेर जान्छ । 

वास्तुअनुसार घरको ‘नेमप्लेट’ कस्तो हुनुपर्छ ?
नेमप्लेटको दिशा र आकार

वास्तुअनुसार नेमप्लेटका लागि छानिएको डिजाइन मुख्य ढोकासँग मेल खाने हुनुपर्छ । उत्तर र पूर्व दिशामा नेमप्लेट लगाउँदा सकारात्मक उर्जा बढ्ने हुँदा यी दिशामा नेमप्लेट लगाउनु शुभ मानिन्छ । 

नेमप्लेटलाई घरको मुख्य द्वारको बाँयापट्टि राख्नु पनि राम्रो मानिन्छ । ढोकाको बीचमा वा दाहिनेतर्फ राखिएको नेमप्लेटलाई वास्तुले राम्रो मान्दैन । नेमप्लेटलाई ढोकाको वा पर्खालको आधा उचाइ वा सो भन्दा माथि हुनुपर्छ । आयताकार र त्रिकोणीय आकारको नेमप्लेट सबैभन्दा राम्रो मानिन्छ । नेमप्लेट  स्पष्ट, पठनीय, आकर्षक र सँधै दुई पंक्तिमा लेखिएको हुनुपर्छ । त्यस्तै झुण्डिएको तथा कुनै पनि ठाउँमा भाँचिएको, प्वाल परेको हुनु हुँदैन । साथै लिफ्टको अगाडि नेमप्लेट लगाउनु शुभ मानिँदैन ।

नेमप्लेटको रङः

नेमप्लेटको रंग घरको दिशा अनुसार छनोट गर्नुपर्छ । उत्तर मोहोडा भएको घरमा रातो र नीलो रंगको नेमप्लेट प्रयोग गर्नु शुभ मानिँदैन । यसको सट्टा हल्का पहेँलो र हरियो रंगको नेमप्लेट लगाउन सकिन्छ । पूर्व दिशामा भएको घरमा पहेँलो रंग, दक्षिण मोहडाको घरका लागि रातो रंग र पश्चिम दिशाको घरको लागि हल्का खैरो, कालो, सुनौलो रंगको नेमप्लेट प्रयोग गर्नु शुभ मानिन्छ । 

कस्तो धातुको प्रयोग गर्ने ?

नेमप्लेट बनाउन प्रयोग भएको धातुलाई पनि ध्यानमा राख्नुपर्छ । घरबाहिर प्लास्टिकबाट बनेको नेमप्लेट प्रयोग गर्नु शुभ मानिँदैन । प्लास्टिकबाट बनेको नेमप्लेटले घरमा नकारात्मकता ल्याउँछ । यसको सट्टा काठ, सिसा,ढुङ्गा, तामा, स्टिल, पीतल वा संगमरमर जस्ता कुनै पनि धातुबाट बनेको नेमप्लेट पनि प्रयोग गर्न सकिन्छ । साथै घरमा बहुमूल्य धातुबाट बनेको नेमप्लेट पनि प्रयोग गर्नु हुँदैन । 

यदि ढोका उत्तर वा पश्चिम दिशामा छ भने धातुको नेमप्लेट प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै ढोका दक्षिण वा पूर्व दिशामा छ भने काठको नेमप्लेट प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै नेमप्लेटमा गणपति वा स्वस्तिक चिन्ह बनाउनु शुभ मानिन्छ । प्रकाशको लागि नेमप्लेटमा सानो बल्ब राख्न सकिन्छ ।

ज्योतिष राज (977-9808872114) वास्तु सम्बन्धि परामर्श दिनुहुन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

प्रतिक्रिया दिनुहोस्
Pin It