News

नागढुंगा नौबिसे सुरुङमार्गकाे ५० प्रतिशत काम सम्पन्न, घण्टौँ जाममा बस्नुपर्ने समस्याबाट छुटकारा

By BN EditorialJune 6, 20223 min read
नागढुंगा नौबिसे सुरुङमार्गकाे ५० प्रतिशत काम सम्पन्न, घण्टौँ जाममा बस्नुपर्ने समस्याबाट छुटकारा

काठमाडौं- नेपालको राष्ट्रिय गौरवका आयोजना नागढुंगा नौबिसे सुरुङमार्गकाे काम तिव्र गतिमा भइरहेको छ । औपचारिक रुपमा २०७६ कार्तिक २८ सुरु भएको सुरुङमार्गकाे भौतिक प्रगति ५४ प्रतिशत भएको छ भने समग्र भौतिक प्रगति ३८ प्रतिशत पुगेको बताइएको छ ।

मुख्य सुरुङकाे हालसम्म १ हजार २ सय ५० मिटर काम भइसकेको छ भने सहायकको १ हजार ४ सय ५० मिटर काम सकिएको छ । क्रस प्यासेज तर्फ १ सय २८ मिटर मध्य ४८ मिटर काम भइसकेको साथै १ सय २६ मिटर वर्किङ अडिटकाे काम सकिएको छ । आयोजनाले आर्थिक वर्ष २०७७/७८ को पुसको पहिलो सातादेखि सुरुङ खन्न थालेको थियो । मुख्य सुरुङकाे लम्बाइ २६८८८ मिटर र चौडाइ ९ मिटर रहेको छ भने सहायकको लम्बाइ २५५७ मिटर र चौडाइ ४ मिटर रहेको छ । 

आकस्मिक अवस्थाकाे लागि छुट्टै एक लेनको सहायक सुरुङ पनि धमाधम बनिरहेकाे छ । मुख्य सुरुङमार्गमा कुनै समस्या तथा आपत्‌कालिन अवस्था आएमा सहायक सुरुङमार्गकाे प्रयोग गरि त्यस्ता दुर्घटना सम्बोधन गर्न आयोजनाले प्रत्येक ३ सय ७५ मिटरमा मुख्य टनेल र सहायक टनेललाई एक आपसमा जाेडेकाे छ ।

त्यसैगरी ३ ओटा अन्डर पास, ४ ओटा बक्स कल्हट, दुईओटा ओभरपास, फ्लाइओभर लगायत अन्य १२ ओटा भौतिक संरचना निर्माण गर्नुपर्नेमा हाल १० ओटा निर्माण भइसकेको बताइएको छ । अब फ्लाइओभर र अन्डर पासकाे काम मात्रै बाँकी रहेको बताइएकाे छ । एक्सेस रोडकाे काम पनि तिव्र गतिमा भइरहेको छ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग गरिएकाे छ । सुरुङबाट निस्किएकाे माटोलाई एक्सिस रोड लेबलिङमा प्रयाेग गरिएकाले दुवै काम सगँसगैँ सकिने बताइएको छ । 

धादिङ तर्फको सडक चौडा पारि पहिरो रोक्नका लागि वाल लगाइसकिएको छ । सडक फिनसिङकाे चरणमा रहेको छ । हाल १/२ ओटा जग्गा अधिकरणको गर्न र फिनसिङ गरिएको ठाउँमा कलरिङ र बत्ती जडानको काम मात्र बाँकी रहेको छन् । योजनाकाे ठेक्का १५ अर्ब र मुआब्जा ६ अर्ब रुपैयाँ भन्दा बढी गरेर करिब २२ अर्ब रुपैयाँ पुग्ने बताइएको छ । 

नेपालमा पाँच सय मिटरभन्दा बढी लम्बाइको यो पहिलो सुरुङ मार्ग हो । जापान सरकारको ‘सफ्ट लोन’ मा निर्माण भइरहेको सुरुङमार्गको निर्माण अवधि ४२ महिना रहेको छ । नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेसनबीच वि.सं २०७६ असोजमा सम्झौता भएको थियो। 

nagdhunga naubise tunnel

४२ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको सुरुङ निर्माण कार्य काेराेना महामारी, लकडाउन र स्थानीय अवरोधका कारण ५ महिना काममा ढिलासुस्ती भएको थियो । अवरोधका कारण काममा ढिलासुस्ती भए पनि ४२ महिनामा नै काम सम्पन्न गर्ने गरि निर्माण कार्य अघि बढाइएको बताएको छ । नागढुंगा नौबिसे सुरुङमार्ग निर्माण २०८० असार मसान्त सम्म सक्ने गरि द्रुत गतिमा भइरहेको छ। धादिङको सिस्नेखाेला देखि काठमाडौंको चन्द्रागिरि नगरपालिका अन्तर्गत डाेटीटाेलमा निस्कने याे सुरसङमार्ग करिब २ किलाेमिटरकाे पहुँचमार्ग हुदैँ त्रिभुबन राजपथ बलम्बुमा जोडिन्छ । 

सुरुङमार्गमा निर्माण सामाग्री देखी प्राविधिकसम्मकाे टाेली जापानबाट ल्याइएकाे र केहि नेपाली इन्जिनियरलाई तालिमकाे साथ काममा लगाइएकाे छ । यस परियाेजनाले २ सय नेपालीलाई राेजगारी दिएकाे छ । उनिहरु याे परियाेजना सँगै दक्ष भएर निस्कने अपेक्षा गरिएको छ । ति दक्ष जनशक्तिलाई भावी सुरुङमार्ग निर्माणमा लगाउने सरकारकाे याेजना रहेको छ ।  

सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरुपमा घण्टौँ जाम हुने समस्याबाट छुटकारा मिल्ने र बाटाे छाेटिने छ । निर्माण सम्पन्न पश्चात याे नै नेपालकाे पहिलाे सुरुङमार्ग हुनेछ । 

Nagdhunga Naubise tunnelNagdhunga Naubise tunnel under constructionNepal's first tunnelTunnel

You May Also Like

More stories from Basobaas