News

५ करोडसम्म ‘दिगो  घर कर्जा’ दिँदै नबिल बैंक  

By BabinaJune 5, 20231 min read
५ करोडसम्म ‘दिगो  घर कर्जा’ दिँदै नबिल बैंक  

काठमाडौं । नबिल बैंकले  ‘दिगो  घर कर्जा’ (सस्टेनेबल हाउजिङ लोन) योजना सुरू गरेको  छ । विश्व वातावर ण दिवस को  अवस र पारी बैंकले एक प्रतिशत प्रिमियममा यस्तो  कर्जा यो जना सार्वजनिक गरेको हो  ।

नबिल दिगो घर कर्जा वातावरणमैत्री तथा किफायती ऊर्जा सामग्रीहरू प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहक लक्षित गरिएको सुचारू गरिएको बैंकले जनाएको छ । 

दिगो घरकर्जाको लागि सेवाग्राहीले बैंकका पाँच सर्तहरूको अनिवार्य पालना गर्नुपर्नेछ । 

जसअन्तरगत सेवाग्राहीले निर्माण गर्न लागेको घरको नक्सा पास पेश गर्नुपर्ने छ । उक्त नक्सामा वर्षाको पानी संकलन, संरक्षण र पुनप्रयोग गर्ने प्रविधि, फोहर व्यवस्थापन गर्ने प्रविधि तथा किफायती ऊर्जा अर्थात सोलार प्रविधिबाट पानी तताउने, किफायती बिजुलीको प्रयोग गरी खाना पकाउने प्रविधि जस्तै इन्डक्सन कुकिङ, सीएफएल, एलईडी लाइटहरूको प्रयोग हुनेपर्ने बैंकले जनाएको छ । 

ऊर्जा एकीकरण सिस्टम र अन्डरग्राउन्ड कुलिङ सिस्टम नेपालमा नभित्रिएकाले यसलाई बैंकले प्राथमिकता नदिएको जनाएको छ । 

५ करोडसम्म ‘दिगो  घर कर्जा’ दिँदै नबिल बैंक  

त्यस्तै पुरानो  घरलाई वातावरणमैत्री पुनर्निर्माण गर्न चाहने ग्राहकले पनि यो सेवा लिन पाउँनेछन्  ।

नबिल दिगो घर कर्जा लिँदा ग्राहकले वार्षिक १०.४९ प्रतिशत स्थिर ब्याजदरमा  १ प्रतिशत प्रिमियम जोडेर न्यूनतम ७ लाख रुपैयाँदेखि अधिकतम ५ करोडसम्म कर्जा प्राप्त गर्नेछन् । भने कर्जाको अवधि ७ द खि २० वर्ष तोकिएको  छ ।

फ्लोटिङ अर्थात् स्थिर ब्याजदरमा नचाहानेले आधारदरमा १ प्रतिशत प्रिमियम तिर्नुपर्ने हुन्छ । आधारदरमा घटबढ हुँदा ब्याजदर पनि बढ्ने र घट्ने भइरहन्छ । 

यसै गरी यस  यो जनामा २ लाखसम्मको  निःशुल्क क्रेडिट कार्ड, कर्जासेवाशुल्कमा छूट जस्ता विषेशता छन् । हाल बैंकले  ६ हजार  २०० ऋणीलाई घर  निर्माणका लागि २५ अर्ब रुपै याँ घर  कर्जा लगानी गरेको  छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

home loneinterest rateNabil BankSustainable Home LoansSustainable Housing Loans

You May Also Like

More stories from Basobaas