Development

मूलपानी क्रिकेट मैदानको पुननिर्माण अन्तिम चरणमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । मूलपानी क्रिकेट मैदानको पुननिर्माण अन्तिम चरणमा पुगेको छ । आगामी वैशाख ५ गतेबाट नेपालमा आयोजना हुने एसियन प्रिमियर कप प्रतियोगिताको लागि माथिल्लो मूलपानीस्थित मैदानको पुननिर्माण गरिएको हो । 

मूलपानी क्रिकेट मैदानको स्तरोन्नतिका लागि क्यानले बङ्गलादेशबाट ‘पिच क्युरेटर’ झिकाएर काम गरिरहेको छ । लामो समयदेखि डम्पिङ साइटको रुपमा रहेको सो मैदानलाई यतिबेला अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन धमाधम निर्माण तथा मर्मत कार्यहरू भइरहेको छ । 

क्रिकेट एसोसियसन नेपाल क्यानका अनुसार, हाल मैदानको पर्खाल कलर, डेकुरेसन र ड्रेसिङ रुम लगायत सानातिना कामहरू मात्र बाँकि छ । ग्राउन्ड र पिच फाइनल अवस्थामा रहेको छ । 

निर्माणाधीन माथिल्लो मूलपानी क्रिकेट रङ्गशाला

गुरुयोजना अनुसार ३ सय ६५ रोपनी क्षेत्रफलमा मैदान निर्माण हुनुपर्ने भएपनि अतिक्रमणका कारण २९६ रोपनीमा समेटिएको छ । पुननिर्माणमा गुणस्तरीय सामग्रीको प्रयोग गरिएको हुँदा मैदान आगामी १५ देखि २० वर्षका लागि टिकाउ हुने क्यानले जनाएको छ । 

खेल खेल्ने मैदान अन्तिम चरणमा रहँदा सबैको चासो दर्शक बस्ने ठाउँ भएको छ । मूलपानी मैदानमा दर्शक बसेर हेर्नै ठाउँमा खाल्टो परेको छ । तर, त्यो ठाउँलाई सम्याएर खेल हेर्ने सहज वातावरण बनाउने क्यानले जनाएको छ । 

मूलपानी क्रिकेट मैदान निर्माणका लागि सरकारले आर्थिक वर्ष ०७८/७९ मा नेपाल क्रिकेट सङ्घलाई ३ करोड रुपैयाँ उपलब्ध गराएको थियो । हालसम्म मैदान निर्माणका लागि करिब ३२ करोडको बजेट विनियोजन भइसकेको छ । तर काम नभएका कारण प्रत्येक वर्ष बजेट फ्रिज हुने नियति मूलपानी रङ्गशालाले भोगिरहेको थियो । 

निर्माणाधीन माथिल्लो मूलपानी क्रिकेट रङ्गशाला

मूलपानीमा तल्लो र माथिल्लो गरि तल्लो दुईवटा रङ्गशाला निर्माण भइरहेको छ । प्रिमियर कपका लागि मूलपानीको तल्लो मैदानलाई प्रशिक्षण मैदान बनाउनका लागि निर्माण कार्यले तिव्रता पाएको छ । 

माथिल्लो मैदान खेल्नका लागि तयार भइसकेको छ । यदि, सो मैदान चाँडै बने नेपालमा अन्डर-१९ एसीसी प्रिमियर कप पनि नेपालमा आयोजना गर्न पहल गर्ने क्यानको योजना छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It