News

घरजग्गा कारोबारबाट भदौमा उठ्यो पौने ४ अर्ब राजस्व

By MenuqshSeptember 22, 20241 min read
घरजग्गा कारोबारबाट भदौमा उठ्यो पौने ४ अर्ब राजस्व

काठमाडौं । घरजग्गाको कारोबारबाट भदौमा पौने ४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत महिनामा घरजग्गाको कारोबारबाट ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
विभागका अनुसार यो एक महिनामा १ लाख १५ हजार ६४२ वटा घरजग्गाको कारोबार भएको छ । जसमध्ये ३२ हजार ७९८ वटा घरजग्गाको लिखत पारित भएको छ ।
३ हजार ८ सय ८८ वटा घरजग्गाको नामसारी भएको छ भने ३६ हजार ८१९ वटा घरजग्गा रोक्का र २५ हजार २६१ वटा घरजग्गा फुकुवा गरिएको जनाइएको छ ।
भदौमा २७ हजार ८ सय ४३ कित्ता जग्गाको कित्ताकाट गरेर ६१ हजार ३३२ कित्तामा विभाजन गरिएको छ ।
धेरै राजस्व संकलन गर्ने मालपोत कार्यालय 
विभागका अनुसार भूमि सुधार तथा मालपोत कार्यालय, लगनखेलबाट सबैभन्दा धेरै राजस्व संकलन भएको छ । उक्त मालपोतबाट ३४ करोड २७ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । 
उपत्यका भित्रका मालपोत कार्यालयहरूः

मालपोत कार्यालयराजश्व संकलन
भूमि सुधार तथा मालपोत कार्यालय, लगनखेल३४ करोड २७ लाख ४१ हजार रुपैयाँ
मालपोत कार्यलय डिल्लीबजार२९ करोड ३९ लाख ६७ हजार रुपैयाँ
मालपोत कार्यलय भक्तपुर२३ करोड ३७ लाख २२ हजार रुपैयाँ
मालपोत कार्यालय, चावहिल२२ करोड ४२ लाख ७७ हजार रुपैयाँ
मालपोत कार्यालय, कलंकी२२ करोड २७ लाख ८ हजार रुपैयाँ
स्रोतः भूमि व्यवस्था विभाग

उपत्यका बाहिरका मालपोत कार्यालयहरूः

मालपोत कार्यालयराजश्व संकलन
मालपोत कार्यालय, सिमरा१७ करोड ३२ लाख ५६ हजार रुपैयाँ
मालपोत कार्यालय, कास्की१४ करोड ६९ लाख ८५ हजार रुपैयाँ
मालपोत कार्यालय, चितवन११ करोड ७२ लाख ६३ हजार रुपैयाँ
मालपोत कार्यालय, इनरुवा९ करोड २१ लाख ८८ हजार रुपैयाँ
स्रोतः भूमि व्यवस्था विभाग

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

Monthly transactionreal estateReal Estate Nepal

You May Also Like

More stories from Basobaas