Market

विश्वकै ठूलो आईटी कम्पनि ‘माइक्रोसफ्ट’ले किन्यो १६ एकड जग्गा

Pinterest LinkedIn Tumblr

काठमाडौं विश्वको ठूलो आईटी कम्पनी माइक्रोसफ्टले भारतमा जग्गा खरिद गरेको छ । भारतीय रियल इस्टेट कम्पनी स्क्वायर यार्ड्सका अनुसार  माइक्रोसफ्टले हिंजवडी, पुणेमा ५ अर्ब १९ करोड ७२ लाख भारुमा जग्गा खरिद गरेको हो । 

रजिस्ट्रेसन डकुमेन्टका अनुसार माइक्रोसफ्टको भारतीय इकाई माइक्रोसफ्ट कर्पोरेसन (इन्डिया) प्राइभेट लिमिटेडले पुणेमा ६६ हजार ४ सय १४ वर्गमिटर अर्थात् १६.४ एकड जग्गा खरिद गरेको छ । यो सम्झौता अगस्टमा भएको थियो । कम्पनीले यो जग्गा इन्डो ग्लोबल इन्फोटेक सिटी एलएलपीबाट खरिद गरेको हो । पुणे भारतको प्रमुख आईटी हबमा समावेश छ ।

यस सम्झौतामा माइक्रोसफ्टले ३१ करोड १८ लाख रुपैयाँको स्ट्याम्प शुल्क र ३० हजार रुपैयाँ दर्ता शुल्क तिरेको थियो ।

कम्पनीले सन् २०२२ मा ३२ अर्ब ८० करोड रुपैयाँमा पिम्परी-चिंचवडमा २५ एकड जग्गा खरिद गरेको थियो । यो वर्ष उसले हैदरावादमा ४८ एकड जमिनका लागि २६ करोड ७० लाख तिरेको थियो ।

माइक्रोसफ्टले भारतमा आफ्नो व्यवसाय विस्तार गर्दैछ । विशेष गरी डाटा सेन्टर सञ्चालन र जग्गा किन्नु यसको योजनाको हिस्सा हो । कम्पनीले पुणे, मुम्बई र चेन्नईमा डाटा सेन्टरहरू निर्माण गरिसकेको छ । हाल कम्पनीको भारतमा २३ हजारभन्दा बढी कर्मचारी छन् ।

हालका वर्षहरूमा माइक्रोसफ्टले भारतको व्यावसायिक घरजग्गा क्षेत्रमा लगानी बढाएको छ । कम्पनीको बेंगलुरु, चेन्नई, हैदराबाद, मुम्बई र पुणेमा कार्यालयहरू छन् ।  एजेन्सी

घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It