Policy

यी हुन् महानगरको केएमसी एपमार्फत घरबाटै लिन सकिने सेवाहरू

By BabinaMay 9, 20232 min read
यी हुन् महानगरको केएमसी एपमार्फत घरबाटै लिन सकिने सेवाहरू

काठमाडौं । सोमबार काठमाडौं महानगरपालिकाले काठमाडौं मेट्रोपोलिटन सिटी ‘केएमसी’ एप सार्वजनिक गरेको छ । महानगरको  नीतिअनुसार होम डेलिभरी सरकार अवधारणा अन्तर्गत सेवा सुधारका लागि एकीकृत डिजिटल सुशासन प्रणाली (केएमसि एप) लन्च गरिएको हो ।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल फेसबुक मार्फत केएमसी एप लन्च सम्बन्धी जानकारी गराएका थिए । यससँगै महानगरपालिका भित्रका सेवाग्राहीले अनलाइन मार्फत जुनसुकै ठाउँबाट महानगरको सेवा लिन पाउने भएका छन् ।

एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोर र एप्पल प्रयोगकर्ताले एपस्टोरबाट एप डाउनलोड गर्न सक्नेछन् ।

हाल केएमसी एपमा ३१ वटा सेवाहरू जारी गरिएको जनाइएको छ । कार्यालयमै उपस्थित भएर गर्नुपर्ने सिफारिस जस्ता अन्य कामका लागि भने सेवाग्राहीले कार्यालयमै उपस्थित हुनुपर्नेछ । 

एपमा अनलाइनबाटै सम्पत्ति कर, भूमि तथा मालपोत कर, व्यवसाय कर जस्ता विभिन्न करहरू तिर्न सकिन्छ । जसमा ई-सेवा, खल्ती, आएमई-पे, प्रभु-पे जस्ता पेमेन्ट गेटवे इन्टिग्रेट गरिएको छ ।

हाल एपमा उपलब्ध सेवाहरू 

१. नागरिकता सम्बन्धी सिफारिस,

२. घरबाटो सिफारिस, 

३. कित्ताकाट सिफारिस,

४. जग्गा मुल्यांकन सिफारिस,

५. घरधनी प्रमाणपुर्जाको प्रतिलिपि,

६. घर कायम सिफारिस,

७. सम्पत्ति कर चुक्ता सिफारिस,

८. अस्थायी बसोबास सिफारिस,

९. स्थायी बसोबास सिफारिस,

१०. विद्युत जडान सिफारिस,

११. धारा जडान सिफारिस,

१२. आन्तरिक बसाइसराइ सिफारिस,

१३. कोठा खाली गर्ने सिफारिस,

१४. जन्म मिति प्रमाणित,

१५. अविवाहित प्रमाणित,

१६. नामथर फरक सिफारिस,

१७. अदालत शुल्क मिनाहा सिफारिस,

१८. बैंक खाता बन्द गर्ने सिफारिस,

१९. व्यवसाय बन्द सिफारिस,

२०. संस्था दर्ता सिफारिस, 

२१. छात्रवृत्ति सिफारिस,

२२. अपांगता सिफारिस, 

२३. विद्यालय कक्षा वृद्धि सिफारिस,

२४. विपन्न नागरिक औषधी उपचार सिफारिस,

२५. व्यवसाय स्थानान्तरण सिफारिस लगायत अन्य ३१ वटा सिफारिस ।

यसबाहेक एप मार्फत लिन सकिने सेवाहरू 

२६. अनलाइन राजस्व,

२७. नगर प्रमुख सँग भेटघाटका लागि अपोइन्टमेन्ट,

२८. च्याटबट,

२९. महानगरको बारेमा विभिन्न सूचना तथा समाचारहरू,

३०. विभागगत कार्य विवरण सहितको डिजिटल नागरिक बडापत्र,

३१. हेल्लो मेयर,

३२. जनगुनासो,

३३. स्मार्टकर,

३४. प्रकाशित राजपत्रहरू,

३५. पर्यटकीय स्थलहरू,

३६. आकस्मिक सेवाहरू जस्तै; रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोप,

३७. सार्वजनिक शौचालय सम्बन्धी सेवाहरू ।

Home delivery serviceKathmandu metropolitan cityKMC appServices currently available in the app

You May Also Like

More stories from Basobaas