News

करोडौंको जग्गा हत्याउन दाजुले बनाए जीवित भाइको मृत्यु दर्ता

By BabinaAugust 18, 20232 min read
करोडौंको जग्गा हत्याउन दाजुले बनाए जीवित भाइको मृत्यु दर्ता

काठमाडौं । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा जग्गा हडप्न आफ्नै दाजुले जिवित भाइको मृत्यूदर्ता गराएका छन् । दाइ ईन्द्र कुमार कंडेलले रोजगारका लागि भारत गएका भाइ बेदुराम कंडेलको मृत्यु भएको भनि सरकारी कागजात तयार गरि जग्गा हडप्न खोजेका हुन् । 

तिलोत्तमा-४ सूर्योदय टोल विकास संस्थाअन्तर्गत जिके पथमा घर भई रोजगारीका लागि भारत गएका भाइ बेदुरामको २०७८ साल भदौ १५ गते मृत्यु भएको भन्दै २०७८ साल असोज २६ गते वडा कार्यालयबाट इन्द्रकुमारले मृत्यु दर्ता प्रमाण पत्र बनाएका थिए । 

रोजगारीको लागि भारतमा रहेका बेदुराम दुई वर्षपछि घर आउँदा दाजुले आफ्नो मृत्युको कागज बनाएको थाहा पाएका थिए । बेदुरामले आफ्नो मृत्युदर्ता बदर गर्न वडा कार्यालयमा दिएको निवेदन जिल्ला प्रशासन कार्यालयमा पुगेपछि प्रहरीले इन्द्रकुमारलाई हिरासतमा लिइ अनुसन्धान गरिरहेको छ ।

इन्द्रकुमारले भाइ बेदुराम अविवाहित तथा बौद्धिक अपाङगता रहेको र जीवित छँदा आफैँले पालनपोषण गरेको दाबी गरेका थिए । साथै २०७८ साल भदौ १५ गते रुपन्देहीको सैनामैना रानिबगियामा मृत्यु भएपछि काजकिरियासमेत आफैँले गरेको भन्दै मृत्यु दर्ताको लागि वडा कार्यालयमा निवेदन दिएका थिए । 

जीवितै मृत घोषित गरिएका बेदुरामको श्रीमती र दुई सन्तान छन् । तर, सरकारी कागजात गराउँदा बेदुरामले बिहे नै नगरेको भनि झुटा विवरण पेश गरेका थिए । 

इन्द्रकुमारले जग्गा हत्याउन आफ्नै जन्म दिने आमालाई समेत दोस्रो विवाह गरी गएको भनी कागजात बनाएका छन् । 

स्थायी ठेगाना तिलोत्तमा-४ भई लामो समयदेखि सैनामैनामा बस्दै आएका इन्द्रकुमारले सगोलमा रहेको जग्गा हत्याउन भाइको मृत्यु मृत्यु दर्ता गराएको स्थानियको भनाइ छ । 

साक्षीका रुपमा रूपन्देहीको सैनामैना नगरपालिकाका पूर्णचन्द्र बस्याल, रीमा बस्याल, अजय कुमार न्यौपाने र धनीश्वरा न्यौपाने बसेका थिए । चारजना स्थानीयको सक्कल नागरिकतासहित सनाखत गरेको निवेदन आएपछि मृत्यु दर्ता गरिदिएको वडा कार्यालयले जनाएको छ । 

तिलोत्तमा-४ को नयाँमिलबाट पश्चिमपट्टि पुरानो सडकमा रहेको उक्त जग्गा बुबा स्वर्गीय बलिभद्र कंडेलको नाममा थियो । बाबुको मृत्युपछि उक्त जग्गा बेदुरामसहित चार भाइ छोरा र आमा (बलिभद्रकी श्रीमती) को नाममा अंश लगाइसकिएको थियो । 

रोजगारीका लागि भारतमा गएका कान्छो छोरा बेदुराम बाहेकले बुबाबाट अंश आफ्नो नाममा लिइसकेका थिए । भाइ देशबाहिर भएको मौका छोपेर हकदाबी गर्न आउनुपूर्व नै दाजु इन्द्रले वडा कार्यालयको कागज बनाएका हुन् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

fake death certificatesgrabbed propertyRupandehi

You May Also Like

More stories from Basobaas