Market

नागढुंगा सुरुङमार्गः म्याद सकिन १४ महिना बाँकि हुँदा भौतिक प्रगति ७६ प्रतिशत

Pinterest LinkedIn Tumblr

काठमाडौं । नागढुंगा सुरुङमार्गको ७६ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ । यसैगरी वित्तीय प्रगति ७० प्रतिशत भन्दा बढी छ । 

आइतबार  राष्ट्रिय योजना आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुँयालको नेतृत्वको टोलीले सुरुङमार्गको स्थल अनुगमन गरेको थियो । अनुगमनको क्रममा नागढुंगा सुरुङमार्ग आयोजनाका निर्देशक रमेश कोइरालाले सो जानकारी दिए ।

पछिल्लो समय १८ महिना म्याद थप गरिएकामा थप गरिएको १४ महिना अझै बाँकी रहेकाले उक्त अवधिमा आयोजना सम्पन्न हुने जनाइएको छ ।

यद्यपि, अनुगमनका क्रममा केही कित्ताहरूको मुआब्जा विवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) बनाउने र निर्माण व्यवसायीको कर छुटको समस्या लगायतका चुनौतीहरू देखिएका छन् । यी समस्याहरू समाधान गर्न सके सुरुङमार्ग निर्धारित समयमा नै सम्पन्न हुने देखिएको छ ।

अनुगमन टोलीमा आयोगका महाशाखा प्रमुख हेमराज सुवेदीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका अधिकारीहरू समेत सहभागी थिए ।

नागढुंगा-सिस्ने खोला मुख्य सुरुङमार्ग गत वैशाख ३ गते वारपार छिचोलिएको थियो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

प्रतिक्रिया दिनुहोस्
Pin It