News

नागढुंगा सुरुङमार्गः म्याद सकिन १४ महिना बाँकि हुँदा भौतिक प्रगति ७६ प्रतिशत

By BabinaJune 24, 20241 min read
नागढुंगा सुरुङमार्गः म्याद सकिन १४ महिना बाँकि हुँदा भौतिक प्रगति ७६ प्रतिशत

काठमाडौं । नागढुंगा सुरुङमार्गको ७६ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ । यसैगरी वित्तीय प्रगति ७० प्रतिशत भन्दा बढी छ । 

आइतबार  राष्ट्रिय योजना आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुँयालको नेतृत्वको टोलीले सुरुङमार्गको स्थल अनुगमन गरेको थियो । अनुगमनको क्रममा नागढुंगा सुरुङमार्ग आयोजनाका निर्देशक रमेश कोइरालाले सो जानकारी दिए ।

पछिल्लो समय १८ महिना म्याद थप गरिएकामा थप गरिएको १४ महिना अझै बाँकी रहेकाले उक्त अवधिमा आयोजना सम्पन्न हुने जनाइएको छ ।

यद्यपि, अनुगमनका क्रममा केही कित्ताहरूको मुआब्जा विवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) बनाउने र निर्माण व्यवसायीको कर छुटको समस्या लगायतका चुनौतीहरू देखिएका छन् । यी समस्याहरू समाधान गर्न सके सुरुङमार्ग निर्धारित समयमा नै सम्पन्न हुने देखिएको छ ।

अनुगमन टोलीमा आयोगका महाशाखा प्रमुख हेमराज सुवेदीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका अधिकारीहरू समेत सहभागी थिए ।

नागढुंगा-सिस्ने खोला मुख्य सुरुङमार्ग गत वैशाख ३ गते वारपार छिचोलिएको थियो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

Financial progressNagadhunga TunnelNagadhunga-Sisne river main tunnelPhysical progress

You May Also Like

More stories from Basobaas