News

४ अर्ब लगानीमा देशकै ठूलो टायल्स उद्योगको पूर्वाधारको निर्माण सुरु

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपालको प्रमुख व्यापारिक समुहका रुपमा परिचित कजरिया रमेश टायल्स लिमिटेडले उद्योग स्थापनाको काम अघि बढाएको छ । रमेश कर्प र कजारिया सेरामिक्स लिमिटेडको संयुक्त लगानीमा निर्माण हुन लागेको टायल्स उद्योगले नवलपरासीमा पूर्वाधारको काम सुरु गरेको हो । 

४ अर्ब लगानीमा देशकै सबैभन्दा ठूलो टायल्स उत्पादन कम्पनी स्थापित गर्ने लक्ष्य रहेको टायल्स लिमिटेडमा रमेश कर्प र कजारियाको ५०/५० प्रतिशत लगानी रहनेछ ।  

उद्योगका लागि आवश्यक वित्तीय व्यवस्थापन भइसकेको छ । उद्योगमा प्रभु बैंकको नेतृत्वमा वाणिज्य बैंकहरूले ऋण लगानी गर्ने छन् । ऋणका लागि केही दिनभित्रै बैंक र कम्पनीबीच सम्झौता हुनेछ । 

भैरहवामा १० बिघा जग्गामा भुमि पूजा गरि उद्योगको पूर्वाधारको काम अघि बढाइसकेको छ । उद्योगमा वार्षिक ८ लाख वर्गमिटर टायल्स उत्पादन क्षमताको उच्चस्तरीय प्लान्ट राखिनेछ । 

नेपाली कच्चा पदार्थ प्रयोग गरी सेरामिक र भिट्रिफाइड टायल्स उत्पादन गर्ने कम्पनीको योजना रहेको छ । 

उत्पादनलाई सन् २०२३ भित्रै बजारमा ल्याउने लक्ष्य रहेको छ । भविष्यमा भारतीय बजारमा निर्यातका लागि समेत बजार सम्भावना हेरेर उद्योग स्थापना गरिएको छ । 

यो पनि पढ्नुहोस्ः 

देशकै ठूलो टायल्स कम्पनीः ४ अर्ब रुपैंयाको लगानीमा ८ लाख वर्गमीटर उत्पादन क्षमता

प्रतिक्रिया दिनुहोस्
Pin It