News

देशकै ठूलो टायल्स कम्पनीः ४ अर्ब रुपैंयाको लगानीमा ८ लाख वर्गमीटर उत्पादन क्षमता

By BabinaNovember 7, 20222 min read
देशकै ठूलो टायल्स कम्पनीः ४ अर्ब रुपैंयाको लगानीमा ८ लाख वर्गमीटर उत्पादन क्षमता

काठमाडौं । प्रसिद्ध व्यापारिक समूह रमेश कर्पले नेपालकै ठूलो टाइल्स उद्योग खोल्ने भएको छ । विश्वको सातौँ ठूलो टाइल्स कम्पनी कजारिया सेरामिक्स लिमिटेडसँग कम्पनी स्थापना गर्ने सम्बन्धमा सम्झौता भएको कर्पले जनाएको छ । 

नेपालमा हालसम्मकै सबैभन्दा ठूलो टाइल्स उत्पादन कम्पनी स्थापना गर्ने कम्पनीको सम्झौतापत्रमा उल्लेख छ । जसको वार्षिक उत्पादन क्षमता ८ लाख वर्गमिटर हुनेछ ।

रमेश कर्पका कार्यकारी निर्देशक प्रतीक जलानकजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष÷प्रबन्ध निर्देशक अशोक कजारियाले सम्झौतापत्रमा हस्ताक्षर गरे । कम्पनी स्थापनाका लागि नेपाली ४ अर्ब लगानी हुनेछ । यसअनुसार दुवै कम्पनीको लगानी ५०/५० प्रतिशत हुनेछ ।

सेरामिक र भिट्रिफाइड टाईल्स उत्पादन गर्ने नवनिर्मित कारखानाको उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुनेछ  र सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । नवनिर्मित कारखाना भविष्यमा आफू निर्यातका लागि तयार हुने र नेपाली बजारको मागलाई पूरा गर्ने परिकल्पनाका साथ स्थापना हुँदैछ । यसबाहेक, नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थहरू टायल्स उत्पादनमा प्रयोग गरिनेछ ।

नयाँ योजनाको बारेमा कजारिया सेरामिक्स लिमिटेडका संयुक्त प्रबन्ध निर्देशक अशोक कजारियाले नेपाल सधैँ महत्वपूर्ण बजार भएको बताए । उनले भने, ‘हामी यहाँ दुई दशकभन्दा बढी समयदेखि छौँ र यो कदमले नेपालको बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउनेछ । यो परियोजना तत्काल शुरु गरी आउँदो २०२३ को अन्त्य सम्ममा सञ्चालनमा आउनेछ । हामी हाम्रा विश्वस्तरीय उत्पादनहरू नेपालमै प्रतिस्पर्धात्मक रुपमा उपलब्ध गराउन चाहन्छौँ ।’

उनले सुविधासम्पन्न प्लान्ट एक प्रतिष्ठित नमूना उद्योग बन्ने दाबी गरे । यसमा अत्याधुनिक प्रविधिको प्रयोग, गुणस्तर, दक्षता र वातावरणीय मापदण्डलाई प्राथमिकताका साथ प्रयोजन गरिने उनको भनाइ छ । रमेश कर्पका कार्यकारी निर्देशक जलानले पनि यो एक ऐतिहासिक परियोजना भएकाले यसले देशमा रोजगारी सृजना गर्न महत्वपूर्ण टेवा पुर्याउने बताए । उनी भन्छन्, ‘यो उद्योगबाट उत्पादित विश्वस्तरीय टाईल्स  र अन्य उत्पादनहरू देशमै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुनेछ ।’

नेपाललाई औद्योगिकीकरण गर्ने नेपाल सरकारको लक्ष्यलाई साकार बनाउन रमेश कर्प प्रतिबद्ध रहको रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ताले बताए । आयोजना सुरुवातसँगै देशको अर्थतन्त्र बढ्नुका साथै मुलुकमा ठूलो लगानीको वातावरण सृजना हुने र निकट भविष्यमा नेपालमा यस्तै अन्य ठूला लगानीहरू भित्रिने कुरामा विश्वस्त भएको उनले जनाए ।’

कजारिया सेरामिक्स भारतमा सिरेमिक/भिट्रिफाइड टाईल्स को सबैभन्दा ठूलो र विश्वको सातौं ठूलो उद्योग हो । यसको भारतमा ८ (आठ) उत्पादन कम्पनी छन् जुन उत्तर प्रदेशको सिकन्दराबाद, राजस्थानको गैलपुर र मालुटाना, आन्ध्र प्रदेशको विजयवाडा र श्रीकालहस्ती, तेलंगानाको बालानगर र गुजरातमा तीनवटा छन् । उत्पादनको वार्षिक क्षमता ८४ मिलियन वर्ग मिटर रहेको छ । 

३४ वर्ष पहिले स्थापना भएको कजारिया कडा परिश्रम, नवोत्पादन र ग्राहकको विश्वासले अघि बढेको छ । कजारियाले सिरेमिक वाल र फ्लोर टाइल्सहरूका ३००० भन्दा बढी डिजाइन र प्रकार उत्पादन गर्दै आइरहेको छ ।  साथै भिट्रिफाइड टाईल्स , डिजाइनर टाईल्स  र अरु थुप्रै उत्पादन बजारमा ल्याएको छ । 

यता ५० वर्षभन्दा अघि स्थापना भएको रमेश कर्पले स्थापना काल देखि नै आयात निर्यात, सञ्चार प्रविधि, वित्तीय सेवा, रियल स्टेट, जलविद्युत, खानी आदिमा प्रत्यक्ष संलग्न भई आइरहेको छ । 

Kazaria Ceramics Limitedlargest tiles industrylargest tiles industry in nepalRamesh Corp will open Nepal's largest tiles industrythe seventh largest tile company in the world

You May Also Like

More stories from Basobaas