News

आफ्नो स्वामित्वमा भएका विभिन्न २० जिल्लाका जग्गा बेच्दै एन आइसी एसिया बैंक

By BabinaNovember 29, 20222 min read
आफ्नो स्वामित्वमा भएका विभिन्न २० जिल्लाका जग्गा बेच्दै एन आइसी एसिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका जग्गा बिक्री गर्ने भएको छ । गत बिहिबार विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा सुचना प्रकाशित गर्दै बैंकले आफ्नो स्वामित्वमा रहेका विभिन्न स्थानका गैरबैंकिङ जग्गा बिक्री गर्ने जनाएको हो । 

बैंकले विभिन्न देशभरबाट ७२ स्थानको जग्गा बिक्रीका लागि १५ दिने शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । बैंकको नाममा दर्ता रहेको गैर–बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छन् सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने बैंकले जनाएको छ ।

खरिद गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी र संघ संस्थाले विभिन्न शर्तहरुको अधिनमा रही सूचना प्रकाशित भएको मितिदेखि १५ भित्र आवेदन दिनु पर्ने सूचनामा उल्लेख छ । 

१. काठमाडौं  
  • काठमाडौं महानगरपालिका ६ 
  • काठमाडौंको चन्द्रागिरी ५
२. ललितपुर 
  • ललितपुर महानगरपालिका १३ मा रहेको जग्गा र सो जग्गामा बनेको घर ।
३. चितवन 
  • भरतपुर महानगरपालिका १८, 
  • साविक पञ्चकन्या गाविस ८ मा रहेको घरजग्गा,
४. मोरङ
  • मोरङको रतुवामाई नगरपालिका, 
  • विराटनगर महानगरपालिका १६, 
  • विराटनगर उपमहानगरपालिका २१ 
  • सुनवर्षी नगरपालिका ५ 
  • साविक कटहरी गाविस ३ मा रहेको जग्गा ।
५. सुनसरी
  • इनरुवा नगरपालिका २ 
  • दुहवी नगरपालिका ९ मा रहेको घरजग्गा ।
६. पाँचथर 
  • पाँचथरको फिदिम नगरपालिका ४,
७.धनकुटा
  •  धनकुटा नगरपालिका ३, 
  • धनकुटा नगरपालिका ५,
  • साविक निगाले गाउँ विकास समिति गाविस ८ मा रहको जग्गा ।
८.कास्की
  • पोखरा महानगरपालिकामा रहेको घरजग्गा ।
९. रुपन्देही
  • बुटवल उपमहानगरपालिका ११ मा रहेको घरजग्गा ।
१०.दाङ
  •  घोराही उपमहानगरपालिका १२, 
११.नवलपरासी
  • बर्दघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका ४,
  • बर्दघाट सुस्ता पश्चिमको प्रतापपुर गाउँपालिका ९, 
१२.बारा
  • कलैया नगरपालिका ७ र 
  • उत्तर झिटकैया गाविस १ का विभिन्न स्थानमा रहेका जग्गा
१३. पर्सा 
  • पर्साको धोविनी गाउँपालिका ४ का विभिन्न स्थानमा रहेका घरजग्गा, 
  • पोखरिया नगरपालिका ४
  • वीरगञ्ज महानगरपालिका १२ 
  • वीरगञ्ज महानगरपालिका १३, 
१४. मकवानपुर
  • हेटौंडा उपमहानगरपालिका १७ 
१५. रौतहट
  • चन्द्रपुर नगरपालिका १०, 
  • बृन्दावन नगरपालिका ६, 
  • गरुडा नगरपालिका ६,
  •  गरुडा नगरपालिका ५ 
  • फतुवा विजयपुर नगरपालिका १० का विभिन्न स्थानमा रहेको जग्गा र उक्त जग्गामा बनेका घर ।
१६. मुगु
  • साविक श्रीनगर गाविस ४, 
  •  श्रीनगर गाविस ५, 
  •  श्रीनगर गाविस ६,  
  •  श्रीनगर गाविस ७,
  • साविक कार्कीवाडा गाविस ३ 
  • कार्कीवाडा गाविस ४ मा रहको जग्गा ।
१७. कालिकोट
  • खाँडाचक्र नगरपालिका ६ मा रहेको घरजग्गा ।
१८. जुम्ला
  • साविक महतगाऊँ गाविस ३, 
१९. सुर्खेत 
  • विरेन्द्रनगर नगरपालिका २, 
  • विरेन्द्रनगर नगरपालिका३, 
  • विरेन्द्रनगर नगरपालिका ६ र 
  • विरेन्द्रनगर नगरपालिका १० मा रहेको घरजग्गा।
२०. बर्दिया
  • बर्दियाको बढैयाताल गाउँपालिका ८ का विभिन्न स्थानमा रहेको घरजग्गा ।

बैंकले यति ठूलो घरजग्गा बिक्री गरेपछि बैंकको नाफा बढ्ने देखिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा नम्बर वान बनेको यस बैंकले यस पटक यी सबै घरजग्गा बिक्री गरेपछि झन नाफा उच्च रुपमा वृद्धि हुने देखिएको छ ।

NIC Asia bankNIC Asia Bank selling land in 20 districtsReal Estate Updates

You May Also Like

More stories from Basobaas