News

एमसीसी आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरु  

Pinterest LinkedIn Tumblr

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी मातहतको आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरु भएको छ । मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समिति (एमसीए) ले मंगलबार एक सूचना प्रकाशित गर्दै जग्गा अधिग्रहण प्रक्रिया शुरु भएको जनाएको हो ।  

विद्युत प्रसारणको जग निर्माण प्रयोजनका लागि धादिङ, पाल्पा र तनहुँमा जग्गा अधिग्रहण प्रक्रिया शुरु भएको सूचनामा उल्लेख छ ।

आयोजनाका लागि आवश्यक पर्ने जग्गाको नाप जाँच गर्न, सर्वेक्षण गर्न, साँध छुट्याउन, किला गाड्न तीनै जिल्लाका विभिन्न स्थानीय तहमा प्राविधिक टोली खटाइने छ । 

सूचना प्रकाशित भएको तीन दिनपछि प्राविधिक टोली गाउँमा पुग्ने समितिले जनाएको छ । जसका लागि फागुन १२ गते तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसेको थियो ।  

मुआब्जा निर्धारण समितिको प्रथम बैठकबाट प्रारम्भिक कारबाही चलाई जग्गा प्राप्तिको कार्य अगाडि बढाउने निर्णय भइसकेको छ । 

हाल तीनै जिल्लामा विद्युत प्रसारणलाइनका लागि जग्गा प्राप्ति प्रक्रिया शुरु गर्न लागिएको छ । जग्गा प्राप्त गरिसकेपछि निर्माणको काम अघि बढ्नेछ ।

सूचना

 

प्रतिक्रिया दिनुहोस्
Pin It