News

साढे ८४ करोड ऋण नतिरेपछि कोहिनुर हिल हाउजिङ लिलामीमा  

By BabinaOctober 5, 20231 min read
साढे ८४ करोड ऋण नतिरेपछि कोहिनुर हिल हाउजिङ लिलामीमा  

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले समयमै ऋण असुल नगरेको भन्दै सुधीर बस्नेतको कोहिनुर हिल हाउजिङ लिलामी गर्ने भएको छ । बैंकबाट लिएको कर्जा चुक्ता नगरेपछि ललितपुरको इमाडोलस्थित हाउजिङ  लिलाम प्रक्रिया अगाडि बढाएको हो ।

गत वर्षको माघमा सञ्चय कोषले ऋण नतिरेको भन्दै उक्त हाउजिङ लिलामीको कार्य अगाडि बढाएको थियो । ऋण चुक्ता नगरेपछि बैंकले ८४ करोड ६५ लाख ३३ हजार रुपैयाँ बराबरको सम्पत्ति लिलाम गर्ने गरी सूचना निकालेको हो । 

बस्नेतले हाउजिङको ३३ वटा युनिट धितो राखी बैंकबाट ऋण निकालेका थिए । समयमै ऋण तिर्न नसकेपनि बैंकले उक्त ३३ वटा युनिट बिक्री गर्नेगरी कार्य अगाडि बढाएको हो ।

कर्जा लिने ग्राहकले लिखित तथा मौखिक तरताकेता गर्दा समेत कर्जा चुक्ता नगरेको बैंकले जनाएको छ । लिलामी सकारका लागि ग्राहकले ३५ दिनभित्र बैंकमा सम्पर्क गरी सम्पूर्ण साँवा तथा कर्जा चुक्ता गर्नुपर्नेछ । रकम भुक्तानी गर्ने अघिल्लो दिनसम्मको ब्याज र अन्य दस्तुरसमेत चुक्ता गरी धितो सम्पत्ति फुकुवा गराई लिन सक्ने बैंकले जनाएको छ । 

त्यस्तै, सूचनाबमोजिम लिलाम बिक्री हुन नसकेका धितो सम्पत्ति बैंकको अनुकूल समयमा बैंक आफैंले सकार गरिलिन सक्ने वा ऋण असुली न्यायाधीकरणमा मुद्दा दायर गर्न सकिनेछ । 

सूचनाबमोजिम ३५ दिनभित्र चुक्ता नभएका कर्जाहरूको बैंकमा धितो रहेको सम्पत्ति सकार गरि लिन इच्छुक ग्राहकले ३६औं दिनदेखि ५०औं दिनभित्र सम्बन्धित शाखा कार्यालयमा कार्यालय समयभित्र आइपुग्ने गरी सर्तहरूको अधिनमा रही सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् ।
kohinoor hill housing auction

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

auctionauction propertyKohinoor Hill housingSudhir Basnet

You May Also Like

More stories from Basobaas