काठमाडौं । वास्तु शास्त्र एक प्राचीन विज्ञान हो जसको अर्थ बस्नेठाउँको अनुशासन भन्ने हुन्छ । “वास्तु शास्त्रले” घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुरालाई निर्देश गर्दछ । वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र वास्तुकला (आर्किटेक्चर) को प्राचीन स्वरुपकाे रुपमा पनि लिइन्छ । हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालना गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ भन्ने मान्यता रहिआएकाे छ । 

वास्तुशास्त्रमा  हरेक कुराकाे लागी दिशा निर्धारण गरिएको हुन्छ । वास्तुमा प्रवेशद्वार, भान्सा, पूजास्थल, बैठक कोठा, शाैचालय  आदि सबै भागलाई विशेष ध्यानमा राखिन्छ । आज हामी कुरा गर्दैछाै घरकाे सबै भन्दा महत्वपुर्ण र नभइ नहुने स्थान भान्छाकाे बारेमा । 

भान्छाकाेठामा वास्तुको महत्वः 

घरमा भान्छाकोठाको छुट्टै विशेष महत्व हुन्छ । भनिन्छ, भान्छाकोठा स्वस्थ र सफा नहुँदा घरमा सुखशान्ति कहिलै हुदैन । घर हेर्दा कत्तिको चिटिक्क परेको छ भन्दा पनि सही दिशा र वास्तुकाे प्रयोगले घरको परिणामात्मक मुल्याङ्कन हुन्छ । वास्तु राम्रो नभएको खण्डमा नकारात्मक उर्जाले हाम्राे उन्नति प्रगती राेक्ने सम्भावना रहन्छ ।

भान्छाको लागि उपयुक्त दिशाः

भान्छाकोठाको लागि घरको दक्षिण-पूर्व दिशा चयन गर्नु उपयुक्त मानिन्छ । यस दिशामा ऊर्जाकाे वास हुने भएकाले शुभ मानिएको हो । प्रायजसो भान्छाकोठामा महिलाहरूकै बाहुल्यता हुने गर्दछ । यसैले पनि भान्छामा वास्तुदाेष भएमा महिलाहरुमा नकारात्मक प्रभाव पर्छ भन्ने गरिन्छ ।

भान्छाको लागि अनुपयुक्त दिशाः

वास्तुकाे अनुसार दक्षिण-पश्चिम भान्छाकाे लागि अयाेग्य दिशा हाे । गलत दिशामा भान्छा राख्नाले अनावश्यक खर्च बढ्ने स्वास्थ्यमा खराबी आउने, आर्थिक सङ्कट, दुर्घटना हुने जस्ता समस्या देखा पर्दछ ।  

 

वास्तु अनुसार भान्छाकोठामा गर्न हुने कार्यहरूः

  • दक्षिण-पूर्व दिशा भान्छाकाे लागि शुभ हुन्छ । 
  • भान्छामा छिर्ने ढाेका पूर्व-पश्चिम तथा उत्तरतर्फ बनाउनु पर्दछ । 

वास्तु सम्बन्धी थप जानकारीकाे लागी तल दिइएकाे लिङ्कमा क्लिक गरेर पढ्न सक्नुहुन्छ :

वास्तु अनुसार भान्छाकोठामा गर्न नहुने कार्यहरूः

  • शाैचालयकाे तल अथवा माथि भान्छा बनाउनु हुदैँन ।
  • ईशान काेण (उत्तर-पूर्व) मा भान्छा बनाउनु हुदैन यसले घर परिवारमा मानसिक तनाव उत्पन्न हुन्छ । 
  • दक्षिण-पश्चिम दिशामा भान्छा बनाउनु अयाेग्य हुन्छ यसरी बनाउँदा घरमा घर झगडा हुने जस्ता समस्या आईपर्दछ । 
  • भान्छाकाे झ्याल ढाेकामा कालाे रङ्ग प्रयाेग गर्नु अशुभ मानिन्छ । 
  • सुत्ने काेठाकाे तल अथवा माथी भान्छा बनाउनु हुदैँन । 

दक्षिण–पूर्व कुनामै भान्छाघर किन ?

भान्छामा गरिने काम मध्ये अग्नि सम्बन्धी काम प्रमुख हो । त्यसैले भान्छाघरका लागि पूर्व–दक्षिणको बीचभाग अर्थात् आग्नेय कोण निर्धारण गरिएको हुन्छ । भान्छाघर आग्नेय कोणमा बनाउन सम्भवना नभएमा पूर्व अथवा पश्चिममा पनि बनाउन सकिन्छ । सम्भव भएसम्म पूर्व र पश्चिमलाई विकल्पका रुपमा लिई आग्नेय कोणलाई प्राथमिकतामा राख्नु उचित हुन्छ ।

प्राचिन घरहरुमा भान्छाकोठा भुइँतलामा हुनुको कारणः

कच्चा घरहरुमा भान्छाकोठा बनाउँदा दैलोको छेउमा चुल्हो बनाउनु हुँदैन । टिन, खर तथा ढुंगाले छाएको घरमा भान्छा बनाउँदा सधै भुइँतलामा बनाउन पर्छ । भान्छाको चुल्हो पूर्व फर्केर पकाउने बनाउन पर्छ । पूर्व फर्किएर पकाएको खानेकुरा खानाले सुस्वास्थ्य र दीर्घायु प्राप्त हुन्छ । 

ओजनदार सामग्रीहरू भान्छामा कहाँनेर राख्ने?

भान्छा कोठामा गह्रौं खालका सामानहरु राख्नका लागि कोठाको दक्षिणतर्फको भागलाई प्रयोग गर्नु उत्तम हुन्छ । यसका साथै किचनमा राखिएका ग्याँस र चुल्हो मुख्य प्रवेशद्धारबाट देखिनु हुँदैन । भान्छा कोठामा खाना खाने व्यवस्था गरिन्छ भने खाना खाँदा पश्चिम र पूर्व–उत्तर फर्केर खान सकिन्छ । दक्षिण फर्केर र उभिएर खाना खानु शुभ मानिँदैन । उभिएर खाने मान्छेलाई नशा र प्रेसर, पेट तथा मधुमेह लगायत रोगहरु लाग्न सक्छ ।

धेरै धन खर्च गर्दैमा घर शानदार हुने भन्ने हुँदैन । उपयुक्त वातावरणले नै घरको वास्तविक सुन्दरता झल्किन्छ । घरमा आवश्यक पर्ने विषयवस्तुको उचित मिलान हुन सकेन भने त्यही घर अशान्ति र नोक्सानीको कारण बन्न सक्छ । यसर्थ जीवनलाई सुख र खुशीले सम्पन्न जिवनयापनका लागि वास्तु शास्त्रको सहि उपयोग गर्नु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It