News

घरको गेट सडकतिर फर्काएर नखोल्न ललितपुर महानगरपालिकाको निर्देशन

By BabinaMay 16, 20231 min read
घरको गेट सडकतिर फर्काएर नखोल्न ललितपुर महानगरपालिकाको निर्देशन

काठमाडौं । ललितपुर महानगरपालिकाले घरको गेट सडकतर्फ फर्काएर नखोल्न निर्देशन दिएको छ । महानगरले एक सूचना जारी गर्दै सार्वजनिक जग्गासमेत अतिक्रमण हुनेगरि सडकतर्फ घरको गेट नखोल्ने निर्देशन दिएको हो । 

महानगरका कतिपय घरका गेट सार्वजनिक जग्गासमेत अतिक्रमण हुनेगरि सडकतर्फ खोल्ने गरेको पाइएको छ । यसरी सडकतर्फ गेट खोल्दा सर्वसाधारणलाई हिँड्न अवरोध हुने भएकोले ३५ दिनभित्र सुधार गर्न महानगरले निर्देशन दिएको छ ।

तोकिएको मितिभित्र यस्ता गेटहरू सुधार नगरे कानुनी कारबाही गरिने चेतावनीसमेत महानगरले दिएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

instructions of the metropolisLalitpur Metropolitan MunicipalityPublic land

You May Also Like

More stories from Basobaas