News

भारतमा सडक निर्माणका लागि विस्फोटन गर्दा नेपाल तर्फका तीन घरमा क्षति

Pinterest LinkedIn Tumblr

काठमाडौं । भारतमा सडक निर्माणका क्रममा विस्फोट गराएको ढुङ्गा उछिट्टिएर नेपालतर्फ केही घरमा क्षति पुगेको छ । विस्फोटकमा क्रममा महाकाली नगरपालिका–५ मसिनीबलुवाका तीन स्थानीयवासीको घर र गोठमा क्षति पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा नेपालतर्फ ढुंगा उछिट्टिएको थियो ।

नेपालतर्फ कुनै सूचना नदिई बिहीबार र शुक्रबार लगातार सडक निर्माणका लागि विस्फोटक पदार्थ प्रयोग गर्दा ढुङ्गा उछिट्टिएर स्थानीय नरभान बडु, हरकसिंह ठगुन्ना र जगतसिंह ठगुन्नाको घर र गोठमा क्षति पुगेको हो । 

ब्लास्टिङले ढुङ्गा उछिट्टिएर स्थानीय नरभान दत्त बडुको ढुङ्गा(पाट)ले छाएको भान्सा घर, प्वाल परेको र गोठ चर्किएको छ ।

यस्तै, हरकसिंह ठगुन्नाको पाटले छाएको घर र पानी धारोमा प्वाल परेको छ । सोही बस्तीका जगतसिंह ठगुन्नाको जस्तापाताको छाना र मेवाका रुखमा सामान्य क्षति पुगेको प्रहरी कार्यालयले जनाएको छ । 

ब्लास्टिङले स्थानीयका खेतमा साना–ठूला ढुङ्गा छरिएका छन् । विस्फोट गराएको ठाउँबाट नेपालतर्फको बस्ती करिब दुई सय मिटरको दूरीमा रहेको छ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It