Tips & Tricks

बसोबासको मोबाइल एप कसरी चलाउने ? यसरी लिस्टिङ गर्नुहोस् ‘घरजग्गा’हरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । सेवाग्राहीको सहुलियतलाई ध्यानमा राख्दै बसोबासले लामो समयबाट मोबाइल एप सुविधा उपलब्ध गराएको छ । जसमा प्रयोगकर्ताले सहजै आफ्नो घर तथा जग्गाजस्ता प्रपर्टीहरू लिस्टिङ गर्न र किनबेच गर्न सक्छन् । आजको लेखमा निःशुल्क रुपमा घर जग्गा लिस्टिङ गरी विज्ञापन कसरी गर्ने भन्ने विषयमा चर्चा गरौँः

बसोबासमा प्रपर्टी सुचिकृत (Listing) को प्रक्रिया सरल र छिटो छ । बसोबास एपमा प्रपर्टी लिस्ट गर्ने चरणहरूः

१. एप डाउनलोड गर्नुहोस्ः

बसोबासको मोबाइल एप ‘गूगल प्ले स्टोर’ वा ‘एप्पल एप स्टोर’मा उपलब्ध छ । आफ्नो मोबाइलको Google App Store वा App Store मा Basobaas App खोज्नुहोस्, र बसोबास एप डाउनलोड गर्नुहोस् ।

२. लगइन गर्नुहोस्

एप खोलेपछि लगइन गर्नुपर्छ । तपाईंले इमेल वा गूगल खाताको माध्यमबाट लगइन गर्न सक्नुहुन्छ । 

३. प्रपर्टी लिस्टिङ गर्नुहोस्ः

लगइन गरेपछि, होमपेजको तल  रहेको ‘+’ बटनमा क्लिक गर्नुहोस् । यसबाट प्रपर्टी लिस्टिङको प्रक्रिया सुरु गर्न हुन्छ । 

  • आधारभूत विरण भर्नुहोस्: यसमा तपाईंले प्रपर्टि भाडाका (Rent) लागि हो अथवा बिक्रीको (Sale) लागि हो सो छनोट गर्नुपर्छ । त्यसपछि प्रपर्टिको प्रकार (Property Type) आवासीय (Residential), व्यावसायिक (Commercial ), कृषि (agricultural) र प्रपर्टीको क्याटेगोरी (Property Category) मा घर (House), जग्गा (Land), फ्ल्याट (Flat), अपार्टमेन्ट (Apartment) चयन गर्नुपर्छ ।
  • प्रपर्टीको ठेगाना भर्नुहोस्: दोस्रो पेजमा प्रपर्टीको ठेगाना (Property Address), प्रपर्टी रहेको शहर (Property City), र प्रपर्टी रहेको क्षेत्र (Property area) भर्नुपर्छ ।
  • प्रपर्टी विवरण भर्नुहोस्ः अब प्रपर्टी विवरणको पेज खुल्छ । यसमा जग्गाको युनिट चयन गरी प्रपर्टीको कुल क्षेत्रफल र घर निर्माण भएको क्षेत्रफल भर्नुहोस् । त्यसैगरी प्रपर्टी कुन दिशामा फर्किएको छ, कति फिट फराकिलो सडक पहुँच छ, घर भएमा निर्माण वर्ष, कति तलाको हो सो विवरण, फर्निसिङको स्थिति, बेडरूम, बाथरूम, किचन र लिभिंग रूमको संख्या र घरमा उपलब्ध सेवा सुविधाहरू सूचीबद्ध गर्नुपर्छ ।
  • सेवा सुविधा भर्नुहोस्ः यसपछि सेवा सुविधा (Amenities) पेज खुल्छ । जसमा घरमा उपलब्ध सेवा सुविधाको बारेमा जानकारी भर्नुपर्ने हुन्छ । 
  • फोटो अपलोड गर्नुहोस्ः अब प्रपर्टीको ४ वटा फोटो अपलोड गर्नुपर्छ । 
  • प्रपर्टीको मुल्यः यस पेजमा प्रपर्टीको शिर्षक (Property title) प्रपर्टीको थप विवरण (Description ) र मूल्य(property price) भर्नुपर्छ ।
४. सम्पर्क जानकारी भर्नुहोस्ः

प्रपर्टी लिस्टिङको अन्तिम चरणमा सम्पर्क जानकारी भर्नुपर्छ । यसमा तपाईंले आफ्नो नाम, इमेल र सम्पर्क नम्बर भर्नुपर्ने हुन्छ । यी सबै चरणहरू पूरा गरेपछि तपाईंको प्रपर्टी बसोबासमा लिस्टिङ हुन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It