Lifestyle

विदेशबाट नेपालमा घरजग्गा कसरी किन्ने ? यस्ता छन् जान्नैपर्ने कुराहरू

By BabinaNovember 21, 20242 min read
विदेशबाट नेपालमा घरजग्गा कसरी किन्ने ? यस्ता छन् जान्नैपर्ने कुराहरू

काठमाडौं विदेशमा बसीबसी नेपालमा घरजग्गा कारोबार गर्न खोज्दै हुनुहुन्छ ? आजको लेखमा नेपालमा घरजग्गा कारोबार गर्दा विदेशमा बस्ने व्यक्तिले अपनाउनुपर्ने प्रकृयाको बारेमा चर्चा गरौँः 

विदेशमा रहेर नेपालमा घरजग्गा कारोबार गर्न एकजना विश्वासिलो मान्छेलाई राखेर अधिकृत वारेसनामा तयार गर्नुपर्छ । कानुनी निकायमा आफू उपस्थित हुन नसकेको अवस्थामा संहिताबमोजिम अधिकारप्राप्त अधिकारीबाट प्रमाणित गरी आफ्नो सट्टा काम कारवाही गर्न अधिकार दिनुलाई वारेसनामा भनिन्छ । 

वारेसले उपस्थित भएर गरेको कारोबार मुख्य व्यक्तिले गरे सरह मान्यता हुन्छ । अधिकृत वारेस नामाद्वारा विदेशमा बस्ने नेपाली नागरिकले आफू स्वयम् मालपोत कार्यालयमा उपस्थित नभएर पनि आफ्नो हक र स्वामित्वको कुनै अचल सम्पत्ति किटान गरी बिक्री–वितरण वा सट्टापट्टा गर्न वा हालैको बकसपत्र गरिदिन वा अन्य कुनै तरिकाले हक हस्तान्तरण गर्न वा कानुनबमोजिम रजिस्ट्रेसन गर्नुपर्ने लिखत पारित गराउन सक्नेछन् ।

वारेस नियुक्तिका लागि कानुनी प्रकृया पुरा गर्नुपर्ने हुन्छ । जसका लागि नेपाली राजदूतावासबाट वारेसनामा प्रमाणित गराउनुपर्छ । 

दूतावासमार्फत अधिकृत वारिसनामा प्रमाणित गर्नका लागि अधिवक्ताले सम्बन्धित कागजात तयार गरी लिने पक्षको फोटो टाँसी, जग्गाधनी पुर्जा, लिनेदिनेको नागरिकता, तिरो तिरेको रसिदलगायत कागजात नोटरी गरी, वारिसनामा र निवेदन प्रमाणित गरी कुरिअर वा अन्य कुनै माध्यमबाट सम्बन्धित व्यक्तिलाई पठाउनुपर्छ । 

यसरी पठाइएका कागजपत्र सम्बन्धित व्यक्तिले प्राप्त गरेपछि सहीछापको लागि राजदूतसमक्ष पेश गर्छन् ।

वारेसनामाका लागि दुतावासमा पठाउनुपर्ने कागजातहरू 

१. वारिस हुने व्यक्तिको सहीछाप तथा फोटो सहितको वारिसनामा,

२. साक्षीहरूको सहीछाप,

३. मुलुकी देवानी संहितामा उल्लेख भएबमोजिम अधिवक्ताद्वारा तयार गरिएको नेपाली कागजमा प्रिन्ट भएको अधिकृत वारिसनामा २ प्रति,

४. अधिवक्ताद्वारा सहीछाप गरिएको अधिकृत वारेसनामा प्रमाणित गरिपाउँ भन्ने व्यहोराको लेखिएको निवेदन,

५. अधिवक्ताको लाइसेन्स वा परिचयपत्र, 

६. वारिसनामा दिने र लिनेको नागरिकता २ प्रति फोटो,

७. अधिकृत वारेसनामा दिनेको नेपाली राहदानी र भिसा कपी सक्कल र फोटोकपी,

८.  घर/जग्गाधनी प्रमाणपत्रको सक्कल वा नोटरी पब्लिकबाट प्रमाणित प्रति,

९. अधिकृत वारेसनामा दिने र लिने दुवैको हालै खिचिएको २/२ प्रति फोटो,

१०. मालपोत तिरेको रसिद वा नोटरीले प्रमाणित गरेको कपी, 

११. जग्गाधनी पुर्जाको सक्कल र नोटरीले प्रमाणित गरेको कपी ।

अधिकृत वारेस प्रमाणीकरणका लागि अधिकृत वारेस दिने व्यक्ति आफू बसेको देशमा रहेको नेपाली दूतावास वा महावाणिज्य दूतावासमा स्वयम उपस्थित हुनुपर्छ । अधिकृत वारिसनामा प्रमाणित गर्न सम्बन्धित राजदूतावासले नियमानुसारको शुल्क लिने गर्छन् ।

अधिकृत वारेसनामा दूतावासबाट प्रमाणित भएपछि, यो नेपालमा कानुनी रूपमा मान्य हुनेछ ।  त्यसपछि वारेसले तपाईंको तर्फबाट जग्गा बिक्री वा लालपुर्जा नामसारी प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।

वारिसनामाको ढाँचाः

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

Buying Property AbroadForeign Buyers in NepalInvesting in NepalWaresnama

You May Also Like

More stories from Basobaas