News

महानगरलाई गृह मन्त्रालयको असहयोग, तत्काल सुकुम्बासी बस्ती नहटाइने 

By MenuqshJanuary 10, 20231 min read
महानगरलाई गृह मन्त्रालयको असहयोग, तत्काल सुकुम्बासी बस्ती नहटाइने 

काठमाडौं । अनधिकृत संरचना हटाउने काठमाडौं महानगरको अभियानमा गृह मन्त्रालयले सहयोग नगर्ने भएको छ । थापाथलीस्थित बाग्मती नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाउन सुरक्षा सहयोग माग्दै गत पुस १३ महानगरपालिकाले गृह मन्त्रालयले पत्र लेखेको थियो ।  

पत्रको जवाफ दिँदै गृह मन्त्रालयले छलफल, समन्वय, पूर्वतयारी नभएसम्म प्रक्रिया मिचेर बस्ती हटाउन सहयोग गर्न नसकिने जनाएको छ । 

गृहले लेखेको जवाफपत्रमा महानगरपालिकाले कानुन बमोजिमको प्रक्रिया पुरा गरेको अवस्थामा मात्र सहयोग गर्न सकिने उल्लेख छ । 

गृहको जवाफपत्रमा भनिएको छ ‘सार्वजनिक सम्पत्ति र नदी किनारका मापदण्डअनुसारको क्षेत्रको संरक्षण गर्ने कार्यमा मन्त्रालयको सदैव सकारात्मक सहयोग रहने छ । उल्लेखित विषयमा कानुन बमोजिमको प्रक्रिया पुरा गरी, सरोकारवाला सबै पक्षसँग आवश्यक छलफल तथा समन्वय गरी पर्याप्त पूर्वतयारी सहित समग्र समस्या समाधान गर्ने महानगरको अग्रसरतालाई मन्त्रालयको पूर्ण सहयोग रहनेछ ।’

Home minister Ravi Lamichhanehome ministryKathmandu Metropolitan MunicipalityMayor Balen shah

You May Also Like

More stories from Basobaas