काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले घर निर्माणमा नागरिकको सुविधालाई मध्येनजर गर्दै विभिन्न किसिमका कर्जा उपलब्ध गराउँछन् । जसमा भूकम्प पीडित, सेना, व्यवसायिक, सुलभ आवास, रियल इस्टेट, स्थिर दर, महिलाको नाममा, र ढुक्क घरकर्जा जस्ता विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराउँदै आएका छन् ।
कुन-कुन बैंकबाट सस्तोमा घरकर्जा पाइन्छ ?
राष्ट्र बैंकका अनुसार नेपालमा कमर्शियल, डेभलपमेन्ट र फाइनान्स कम्पनी गरी तीन वर्गका बैंकले मात्र घरकर्जा दिन पाउँछन् । लघुवित्त कम्पनीले घरकर्जा दिन पाउँदैन । नेपालका सहकारीले पनि घरकर्जामा लगानी गरिरहेका छन् । तर सहकारीहरूको नियमन राष्ट्र बैंकको कार्यक्षेत्रभित्र पर्दैन । सहकारीहरू कृषि विकास मन्त्रालयभित्र पर्छन् ।
नेपाल राष्ट्र बैंकले यी वित्तीय संस्थाहरुलाई क्रमशः ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ क्याटेगोरीमा वर्गिकरण गरेको छ । वित्तीय संस्थाको वर्गअनुसार ब्याजदर फरक हुन्छ । वाणिज्य बैंकको घरकर्जाको ब्याजदर विकास बैंक र फाइनान्स कम्पनीको भन्दा कम हुन्छ । विकास बैंकको हकमा १ देखि २ प्रतिशत र फाइनान्स कम्पनीको हकमा ३ देखि ४ प्रतिशतसम्म पनि ब्याजदर फरक पर्न आउँछ ।
अझ एउटै वर्गका बैंकबीच पनि ब्याजदर फरक पाइन्छ । यो बैंकहरूको ‘कस्ट अफ फन्ड’ र ‘बेस रेट’मा निर्भर गर्छ । बैंकको ‘कस्ट अफ फन्ड’ कम हुने हुँदा बेस रेट कम हुन्छ । बेस रेट कम भएपछि ब्याजदर पनि कम हुन्छ ।
सरकारी स्तरका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकको ‘कस्ट अफ फण्ड’ निजी बैंकहरूको तुलनामा कम हुन्छ ।
निजी बैंकहरूबीच पनि ब्याजदर फरक हुन्छ । निजी बैंकको कस्ट अफ फन्ड र बेस रेट फरक फरक हुन्छ । त्यसैले उनीहरु फरकफरक ब्याजदरका स्किम ल्याएको देख्छौं । जुन बैंकले ‘लो कस्ट अफ डिपोजिट’ परिचालन गर्छन्, ती बैंकको ब्याजदर पनि कम हुन्छ ।
राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, स्टान्डर्ड चार्टर्ड बैंकको व्याजदर तुलनात्मक रुपमा कम हुन्छ । उनीहरु कम रेटमा घरकर्जा प्रस्ताव गर्न सक्छन् । मध्यम खालका बैंकहरुको ब्याजदर अलि बढि हुन्छ । भर्खरै उदाउँदै गरेका बैंकको ब्याजदर सबैभन्दा बढी हुन्छ ।
कुन बैंकबाट पाइन्छ सस्तोमा घरकर्जा ?
जेठ महिनाका लागि प्रकाशित ब्याजदरअनुसार एभरेस्ट र कुमारी बैंकले वार्षिक १० प्रतिशत भन्दा कम स्थिर ब्याजदरमा घर कर्जा दिनेछन् । भने नेपाल एसबीआई बैंकबाट घरकर्जा लिँदा सबैभन्दा महँगो पर्नेछ ।
क्र. सं | बैंक | औसत आधार दर | होम लोन | |
स्थिर | अस्थिर(अधिकतमसम्म) | |||
१. | एभरेष्ट बैंक | ७.५ | ९.५ | बेसरेट ३.५% |
२. | कुमारी बैंक | ९.६३ | ९.९९ | बेसरेट + २.५% |
३. | एनएमबि बैंक | ८.९४ | १०.४९ | बेसरेट + २.७५% |
४. | सिद्धार्थ बैंक | ८.७१ | ११.०० | बेसरेट + ३.५% |
५. | राष्ट्रिय वाणिव्य बैंक | ७.४२ | ११.२५ | बेसरेट + २.५% |
६. | नबिल बैंक | ८.१० | ११.४९ | बेसरेट + ४% |
७. | एनआईसी एशिया बैंक | ८.८६ | ११.९९ | बेसरेट + ३% |
८. | ग्लोबल आईएमइ बैंक | ८.५९ | ११.९९ | बेसरेट + ३.५% |
९. | सिटिजन्स बैंक | ९.२९ | १२.०० | बेसरेट + ३% |
१०. | स्ट्यान्डर्ड चार्टर्ड बैंक | ७.०१ | १२.५० | बेसरेट + ४% |
११. | लक्ष्मी सनराइज बैंक | ९.३५ | १२.९९ | बेसरेट + ४% |
१२. | प्रभु बैंक | ८.७५ | १३.९९ | बेसरेट + ४.५% |
१३. | माछापुच्छ्रे बैंक | ८.७० | १४.०० | बेसरेट + ५% |
१४. | प्राइम बैंक | ९.६८ | १४.०० | बेसरेट + ४.५% |
१५. | नेपाल बैंक | ८.०८ | १४.२५ | बेसरेट + ४% |
१६. | नेपाल एसबीआई बैंक | ८ | १५.५० | बेसरेट + ४% |
१७. | कृषि विकास बैंक | ८.९८ | ८.९८-१०.९८ | बेसरेट + ४% |
१८. | एनआईएमबी बैंक | ८.५२ | ११.२५ | |
१९. | सानिमा बैंक | ८.६६ | ९.९१-११.९१ | |
२०. | हिमालयन बैंक |
९.८४ |
११.२५ |
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।