काठमाडौं । घरजग्गाको मूल्य प्रतिदिन बढ्दो छ । ठूलो धनराशी खर्च हुनेहुँदा घर किन्नुअघि उपयुक्त योजना बनाउनु राम्रो हुन्छ । घर किन्ने योजना बनाउँदा आर्थिक पाटोसँगै अन्य विषयमा पनि उत्तिकै ध्यान दिनु जरुरी हुन्छ । केही यस्ता काम नियमित गर्नसके मात्रै पनि आफूले सोचेको भन्दा चाँडै घर किन्न सकिन्छ ।
भरपर्दो र नाफामूलक बैंकमा बचत खाता खोल्नेः
जति चाँडै घर किन्ने सोचमा हुनुहुन्छ त्यति नै चाँडो बचत सुरु गर्नुपर्छ । तपाईंले जम्मा गर्नुभएको रकमको ब्याज केही बर्ष मै दोब्बर हुने प्रकृतिको बैंक र खाता छान्नुपर्ने हुन्छ । बैंकहरूले हरेक तीन/तीन महिनामा आधारदर सार्वजनिक गर्छन् । सोही आधारदरमा केही प्रतिशत थपघट गरेर बैंकहरूले ब्याजदर तोक्ने गरेका छन् । नेपाल बैंकर्स एशोसियनले व्यक्तिगत निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याजदर नदिने निर्णय गरेको छ ।
आधारदरका आधारमा उच्च मुनाफामूलक बैंकहरूः
क्र. सं | वाणिज्य बैंक | आधार दर (प्रतिशतमा) |
१ | स्ट्यान्डर्ड चार्टर्ड बैंक | ८.४२ |
२ | राष्ट्रिय वाणिज्य बैंक | ८.७ |
३ | नेपाल बैंक लिमिटेड | ९.१९ |
४ | सिद्धार्थ बैंक लिमिटेड | ९.५३ |
५ | नबिल बैंक | ९.५८ |
६ | एभरेष्ट बैंक | ९.७ |
७ | सानिमा बैंक | ९.७५ |
८ | एनएमबी बैंक | ९.८५ |
९ | नेपाल इन्भेस्टमेन्ट मेगा बैंक | ९.९५ |
१० | माछापुच्छ्रे बैंक | १०.०१ |
११ | प्रभु बैंक | १०.०४ |
१२ | ग्लोबल आइएमई बैंक | १०.०७ |
स्रोतः इन्भेस्टोपेपर
आय र व्ययको अनुपात घटाउनेः
बैंकहरूले कर्जा प्रवाह गर्दा आय र व्ययलाई मुख्य आधार मान्ने गर्छन् । बैंकबाट कर्जा प्रवाह हुन खर्चबाहेकको आम्दानी कर्जाको रकमभन्दा झन्डै दोब्बर नै हुनुपर्छ । तसर्थ, आजैदेखि आम्दानीको खर्चका लागि वित्तिय योजना बनाइ आय र व्ययको तालमेल मिलाई अघि बढ्नु राम्रो हुन्छ ।
बजारको बारेमा जानकार रहनेः
कुन क्षेत्रमा कति मूल्य चलेको छ, बैंकको घरकर्जा ब्याजदर र करसम्बन्धी घरजग्गा बजारको समग्र अवस्थाबारे जानकारी राख्नुपर्छ । सहरी विकास मन्त्रालयअन्तर्गतको नगर विकास समितिले तोकेको क्षेत्र, प्रयोजन र मूल्यबारे जानकार हुनुपर्छ । जसले घरको उपयुक्त मूल्य थाहा हुन्छ र झमेला फस्ने खतरा कम हुन्छ । साथै, समय समयमा परिवर्तन भइरहने नेपाल सरकारले घरजग्गा सम्बन्धी कानुनका बारेमा पनि जानकारी लिइराख्नुपर्छ ।
उपयुक्त प्रपर्टी पत्ता लगाउनेः
बजार अवस्थाको बारेमा जानकारी राखेमा उपयुक्त प्रपर्टी पहिल्याउन सहज हुन्छ । साथै तपाईंको रोजाइको क्षेत्र र जीवनशैलीको प्रकारअनुसारका क्षेत्र छनोट गर्नुपर्ने हुन्छ । साथै घरजग्गा किनबेच गर्ने लाइसेन्स प्राप्त कम्पनीको वेबसाइटबाट प्रपर्टीहरू छनोट गर्ने तथा ओपन हाउस कार्यक्रममा सहभागी भएर पनि उपयुक्त घर छनोट गर्न सकिन्छ ।
ऋण लिनसक्ने क्षमता वृद्धि गर्नेः
नेपालमा सबै किसिमका व्यवसाय सञ्चालन तथा घरजग्गा खरिद गर्न बैंकबाट कर्जा लिन सकिन्छ । बैंकले ऋण दिनुअघि तपाईंको आम्दानीको स्रोत र स्पष्ट बैंकिङ कारोबार हेर्छ । र किस्ता तिर्नसक्ने क्षमताका आधारमा ऋण उपलब्ध गराउँछ । तसर्थ, भविष्यमा घर किन्नका लागि आजैबाट आम्दानी बढाएर ऋण लिनसक्ने क्षमता पनि बढाउनुहोला ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।