News

दुई वर्ष यताकै उच्च कारोबारसहित घरजग्गा बजारमा नयाँ रेकर्ड

By BabinaDecember 20, 20243 min read
दुई वर्ष यताकै उच्च कारोबारसहित घरजग्गा बजारमा नयाँ रेकर्ड

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनामा घरजग्गा कारोबारमा वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार मंसिर महिनाको घरजग्गा कारोबार पछिल्लो दुई वर्ष यताकै उच्च हो । 

मंसिरमा देशभरबाट ४३ हजार ३७९ पारित भएको छ । भने कार्तिकमा सो संख्या  ३३ हजार ५१४ मात्रै थियो । त्यस्तै  गत वर्षको मंसिरमा ४१ हजार ८५१ घरजग्गाको लिखत पारित भएको थियो ।

मंसिरमा कारोबार बढेसँगै राजस्व समेत वृद्धि भएको छ । मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९ सय ७६ संकलन भएको छ । 

गत आर्थिक वर्षमा संकलित राजस्व २ अर्ब ८६ करोड ५० लाख ११ हजार २१ थियो ।

उपत्यका भित्रको घरजग्गा कारोबारः

उपत्यकामा लगनखेल, भक्तपुर, गोटिखेल, कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ९ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भक्तपुर मालपोत कार्यालयबाट भएको छ । 

भक्तपुरबाट ८ सय ८८ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम गोटिखेल मालपोत कार्यलयबाट २६ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।

त्यसैगरी, लगनखेलबाट ८ सय ३९, कलंकीबाट ५ सय ६२ को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ ।

उपत्यका बाहिरको घरजग्गा कारोबारः

उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । 

सुनसरीबाट १५ सय ५३ संख्यामा लिखत पारित भएको छ भने मालपोत कार्यालय, सिर्दीवासबाट ८ वटा लिखत पारित भएको छ ।

राजस्व संकलनको अवस्थाः

मंसिरमा सबैभन्दा धेरै राजस्व संकलन चितवन मालपोत कार्यालयबाट भएको छ । चितवनले ३५ करोड ५९ लाख ८३ हजार ११ सय ८४ रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्यांक छ ।

यस्तै, लगनखेलबाट ३३ करोड ९५ लाख २ हजार ८ सय ७३, कलंकीबाट २६ करोड ५७ लाख २५ हजार ४ सय २५, चाबहिलबाट २२ करोड ५८ लाख २३ हजार ८ सय १५ र भक्तपुरबाट २२ करोड २७ लाख ९० हजार ५ सय ७१ रुपैयाँ राजस्व संकलन भएको छ ।

उपत्यकाबाहिरका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजस्व संकलनको अवस्थाः

क्र.सं

मालपोत कार्यालय

लिखत पारित

राजस्व संकलन

१.

भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी

१५५३

९ करोड ७६ लाख ९६ हजार ५ सय ४३

२.

मालपोत कार्यालय बेलवारी, मोरङ

१४४२

४ करोड ७० लाख १५ हजार ५३

३.

भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा

१३९८

५ करोड ७२ हजार ८ सय

४.

भूमिसुधार तथा मालपोत कार्यालय धनगढी, कैलाली

१२२८

८ करोड ५९ लाख १७ हजार ४ सय ११

५.

भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा

११३७

४ करोड २१ लाख ३४ हजार ४ सय १७

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

उपत्यकाभित्रका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजस्व संकलनको अवस्थाः

क्र.सं

मालपोत कार्यालय

लिखत पारित

राजस्व संकलन

१.

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर

८८८

२२ करोड २७ लाख ९० हजार ५ सय ७१

२.

भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर

८३९

३३ करोड ९५ लाख २ हजार ८ सय ७३

३.

मालपोत कार्यालय कलंकी, काठमाडौं 

५६२

२६ करोड ५७ लाख २५ हजार ४ सय २५

४.

मालपोत कार्यालय चावहिल, काठमाडौं 

४२४

२२ करोड ५८ लाख २३ हजार ८ सय १५

५.

मालपोत कार्यालय साँखु, काठमाडौं 

३४२

७ करोड ५० लाख २२ हजार ६ सय २९

६.

मालपोत कार्यालय मनमैजु, काठमाडौं 

२३८

७ करोड २६ लाख ३४ हजार २ सय ३३

७.

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं 

१९५

१९ करोड ९६ लाख ७५ हजार ५ सय ४३

८.

मालपोत कार्यालय टोखा, काठमाडौं 

१४८

७ करोड १२ लाख ४५ हजार ७ सय ६५

९.

मालपोत कार्यालय गोटीखेल, ललितपुर

२६

५ लाख ८७ हजार ५ सय ५४

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

Mangsir 2081real estate marketrevenue collection

You May Also Like

More stories from Basobaas