Lifestyle

नयाँ घरमा सर्न र जग हाल्न कुन दिन शुभ हुन्छ ? 

By BabinaMay 16, 20242 min read
नयाँ घरमा सर्न र जग हाल्न कुन दिन शुभ हुन्छ ? 

काठमाडौं । हिन्दु धर्ममा कुनैपनि शुभ कार्य गर्नलाई साइत हेर्ने चलन छ । घरजग्गाको सन्दर्भमा, घरको जग राख्न, नयाँ घर प्रवेश गर्न शुभ साइत हेर्ने गरिन्छ । अझ कतिपयले जग्गा पास गर्न पनि साइत हेराउने गर्छन् । यसरी साइतको दिन पूजापाठ गर्नाले भविष्यमा बाधा भोग्नुनपर्ने जनविश्वास छ । गृह प्रवेश, र जग राख्न यस वर्षका लागि शुभ मानिएका दिनहरू आजको लेखमा समेटिएको छ ।

०८१ सालमा गृहप्रवेश र घरको जग राख्नका लागि अत्यन्तै शुभ र अशुभ मानिएका दिनहरूः 
गृह प्रवेशका प्रकारः

गृह प्रवेश मुख्यतः तीन प्रकारका हुन्छन्, ती हुन्ः ‘अपुर्व’, ‘सपुर्व’, र ‘द्वद्व’ । ‘अपूर्व’ भनेको नयाँ घरको प्रवेश हो । ‘सपूर्व’ भनेको यात्रा पश्चात् घर प्रवेश हो । र, ‘द्वद्व’ भनेको जिर्णोद्वार गरि बनाएको घरको प्रवेश हो । यी तीनै प्रकारका गृह प्रवेशका लागि एउटै साइत उपयुक्त हुन्छ ।

२०८१ सालमा गृह प्रवेशका शुभ साइतहरूः

माघ २५ गते, शुक्रबार 

माघ २६ गते, शनिबार 

फागुन २३ गते, शुक्रबार 

गृह प्रवेश (नँया घरमा सर्न) का लागि कुन महिना शुभ र कुन महिना अशुभ हुन्छ ?

माघ महिनामा गृहप्रवेश गर्नाले धनलाभ, फाल्गुनमा गृहप्रवेश गर्नाले सन्तान र धन लाभ, चैतमा गृहप्रवेश गर्नाले धनको हानी, वैशाखमा गृहप्रवेश गर्नाले धनधान्यको लाभ र ज्येष्ठमा गृहप्रवेश गर्नाले पशु र सन्तानको लाभ हुन्छ । अन्य महिनामा गृहप्रवेश गर्नाले हानी र शत्रूबाट भय हुन्छ ।

२०८१ सालमा नयाँ घरको जग राख्ने शुभ साइतहरूः

मंसिर ३ गते, सोमबार 

पुष २७ गते, शनिबार 

फागुन २६ गते, सोमबार 

घर बनाउन सुरु गर्नको लागि कुन महिना शुभ र कुन महिना अशुभ रहेको छ ?

चैतमा गृहारम्भ गर्नाले शोक, वैशाखमा गृहारम्भ गर्नाले धनधान्यको लाभ, ज्येष्ठमा गृहारम्भ गर्नाले मृत्यु, असारमा गृहारम्भ गर्नाले पशुनाश, साउनमा गृहारम्भ गर्नाले पशुवृद्धि, भाद्रमा गृहारम्भ गर्नाले दारिद्रय, असोजमा गृहारम्भ गर्नाले कलह, कार्तिकमा गृहारम्भ गर्नाले कामको हानी हुन्छ । त्यस्तै, मङ्सिर र पुषमा गृहारम्भ गर्नाले धनधान्यको वृद्धि, माघमा गृहारम्भ गर्नाले अग्निभय, फाल्गुनमा गृहारम्भ गर्नाले धनको प्राप्ति हुनेछ । 

स्रोतः सूर्य पञ्चाङ्ग २०८१

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

Astrologygriha aarambha sait 2081griha pravesh sait 2081hindu culture

You May Also Like

More stories from Basobaas