News

तीन जिल्लामा एकीकृत बस्ती निर्माण गर्दै बागमती प्रदेशको सरकार

Pinterest LinkedIn Tumblr

काठमाडौं । बाग्मती प्रदेश सरकारले प्रदेशका तीन जिल्लामा एकीकृत बस्ती तथा आवास निर्माण गर्ने भएको छ । घर नभएका, घर भएर पनि अत्यन्त जीर्ण अवस्थामा रहेका समुदायलाई लक्षित गर्दै प्रदेश सरकारले मकवानपुर, धादिङ र चितवन जिल्लामा एकीकृत बस्ती तथा आवास निर्माण गर्ने लागेको हो ।

एकीकृत बस्ती निर्माणको लागि चालु आर्थिक वर्षमा १२ करोड रुपैयाँ विनियोजन गरिएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार तीन जिल्लामा रहेका चेपाङ, बोटे, माझी, वनकरियाका लागि एकीकृत बस्ति तथा आवास परियोजना अघि बढाइएको हो ।

देशका तीन जिल्लामा मात्र लोपोन्मुख सीमान्तकृत चेपाङ, वनकरिया, माझी र बोटे जातिको बसोबास छ । चेपाङ मकवानपुर, चितवन र धादिङमा मात्रै बसोबास गर्छन् । लोपोन्मुख जाति वनकरियाको मकवानपुरको मनहरी गाउँपालिकामा मात्रै बसोबास छ । त्यसैगरी, चितवनमा बोटे जातिको बसोबास छ ।

विकट क्षेत्रमा बस्ने चेपाङ तथा वनकरिया र धेरैजसो खोलाको क्षेत्रमा रहेका माझी समुदायको लागि एकीकृत बस्ती निर्माणको काम हुने र सो कामले उनीहरूको जीवनस्तरमा परिवर्तन आउने मन्त्रालयको बुझाई छ ।

मन्त्रालयले यसअघि धादिङको रुविभ्यालीमा एकीकृत बस्ती निर्माणको योजना सुरु गरेको थियो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It