News

पाँचखालमा भूमाफियाले ३१ रोपनी जग्गा रातारात व्यक्तिको बनाए, धितो राखेर बैंक पनि डुबाए  

By BabinaSeptember 14, 20221 min read
पाँचखालमा भूमाफियाले ३१ रोपनी जग्गा रातारात व्यक्तिको बनाए, धितो राखेर बैंक पनि डुबाए   

काठमाडौँ । काभ्रेको पाँचखालमा ३१ रोपनीभन्दा बढी सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी भएको विषयमा मालपोत तथा नापी कार्यालय र स्थानीय जनप्रतिनिधिको टोलीले स्थलगत अध्ययन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माग गरेबमोजिमको स्थलगत मुचुल्का सहितको प्रतिवेदन तयार गर्न पाँचखाल नगरपालिकाका जनप्रतिनिधि मालपोत र नापीका कर्मचारीसहित मंगलबार फिल्डमा पुगेका हुन् ।

पाँचखाल नगरपालिकाका जनप्रतिनिधि मालपोत र नापीका कर्मचारीसहित मंगलबार फिल्डमा 

अरनिको राजमार्गसँग जोडिएको कित्ता नम्बर ४ सय ८६ को १५ रोपनी ३ आना र कित्ता नम्बर २ सय ७३ को १६ रोपनी १० आना जग्गा २०४८ सालमा डुन्डप्रसाद अधिकारीको नाममा नामसारी भएको उजुरी परेपछि अख्तियारले स्थलगत मुचुल्का सहितको प्रतिवेदन माग गरेको थियो । माघ १६ गते पाँचखालका ११५ जनाले उजुरी दिएपछि अख्तियारले भदौ २१ गते नगरपालिकालाई प्रतिवेदनका लागि पत्र पठाएको थियो । अख्तियारको पत्रपछि नगरपालिका कार्यालय मालपोत र नापीका कर्मचारी लिएर अध्ययनका लागि पाँचखाल गएको थियो । उजुरीअनुसार अख्तियारले अनुसन्धान प्रक्रिया अघि बढाएपछि स्थानीय उत्साहित भएका छन् ।

मालपोतको कागजातले सो सार्वजनिक जग्गा डुन्डप्रसाद पछि विभिन्न आठ व्यक्तिका नाममा नामसारी भएको देखिएको छ । स्थानीय जनप्रतिनिधि पनि अहिले व्यक्तिका नाममा देखिएको जग्गा सार्वजनिक नै भएको बताउँछन् । स्थानीयले समेत सो जग्गा खेलमैदानको रूपमा प्रयोग हुँदै आएको बताएका छन् । 

सार्वजनिक जग्गा व्यक्तिका नाममा छुट दर्ता भएको कागजात भेट्दा पनि मालपोतका कर्मचारीले भने मुचुल्कामा हस्ताक्षर गर्न मानेनन् । सार्वजनिक जग्गा कित्ताकाट हुँदै र किनबेच हुँदै प्रजिन्तराज जोशीका नाममा आइपुगेको केही जग्गा सिन्धु विकास बैंकले भोगचलन गर्न खोजेपछि यो प्रकरण बाहिरिएको थियो । जोशीले कित्ता नम्बर २८ सय ८३ को ४ रोपनी १४ आना २ पैसा जग्गा धितो राखेर सिलसिला ट्रेडर्सका नाममा सिन्धु विकास बैंकबाट कर्जा लिएका थिए ।

तर, उनले कर्जा तिरेनन् । त्यसपछि बैंकले लिलामीका लागि सूचना निकाल्यो । कसैले लिलाम नसकारेपछि २०७८ असोज ४ गते बैंक आफैँले लिलाम सकार्यो । अहिले जग्गा सम्याएर भोगचलनका लागि बैंक अग्रसर भएपछि स्थानीयले विरोध गर्नुका साथै अख्तियारमा उजुरीसमेत दिएका थिए ।

 एजेन्सीबाटः 

Government landgovernment land Nomenclature in the person's namekittab katland mafiamarket updaterealestate update

You May Also Like

More stories from Basobaas