News

ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा पाइने

By BabinaJuly 4, 20241 min read
ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंकले वातावरणमैत्री गतिविधिहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । बैंक ८.९९ प्रतिशत स्थिर ब्याजदरमा यो योजना ल्याएको छ । 

यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ । 

बैंकले दिगो विकास लक्ष्य अनुरूप विभिन्न बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । यस योजनाअन्तर्गत सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्ड समेत निःशुल्क जारी गरिनेछ ।

इको-फ्रेन्डली घर/भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरणमैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ । 

यसका साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको-फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ । 

ग्लोबल आईएमई बैंकले हाल ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

Bankfixed interest rateGlobal Green Housing LoanGlobal IME BankLoan

You May Also Like

More stories from Basobaas