पाँच करोड लगानीमा दरबारमार्गलाई नयाँ रूप दिँदै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘पर्यटकीय हब’ दरबारमार्ग क्षेत्रको स्वरूप बदल्ने भएको छ । महानगरले ५ करोड खर्च गरेर हाल भएको दरबारमार्गको स्वरूप बदल्न लागेको हो । यसअघि दरबारमार्गबाट पार्किङ हटाएर कामको सुरुवात भइसकेको महानगरले जनाएको छ ।
थप सुधारका लागि टेन्डरसमेत भइसकेको महानगरअन्तर्गतको सार्वजनिक निर्माण विभागले जनाएको छ । दरबारमार्गलाई सौन्दर्यीकरण गर्न भन्दै फागुन ८ मा महानगरले आह्वान गरेको थियो । सौन्दर्यीकरणको डिजाइन तयार भइसकेको हुँदा बाँकी काम वैशाखबाट हुने महानगरले जनाएको छ ।
दबारमार्ग क्षेत्रको फुटपाथ पुनर्निर्माण, साना बगैँचा निर्माण, नयाँ ढल, बाटो, सडकबत्ती जडान, बाटोको दुवै साइडमा लाइटिङमा पाँच करोड रुपैयाँ खर्च हुनेछ ।
महानगरले फुटपाथमा बटुवा र पर्यटक बस्न मिल्ने गरी छुट्टै संरचना बनाउने भएको छ । मौसमअनुसारको फूल लगाएर गार्डेनिङ, ग्रेनाइट पनि बिछ्याइने महानगरले जनाएको छ ।
संघीय राजधानीका मुख्य व्यापारिक क्षेत्रको सौन्दर्यीकरण गर्ने क्रममा यसअघि राजधानीको बागबजार, पुतलीसडक, बानेश्वर, माइतीघरदेखि कोटेश्वर, सिनामंगल देखि त्रिभुवन अन्तर राष्ट्रिय विमानस्थल सडकसम्म सौन्दर्यीकरण गरिसकेको छ।
Latest Posts
Fresh reads from Basobaas








