News

१ करोडको लगानी सहित गाभर भ्यालीमा चक्रपथ निर्माण हुँदै, 

By BabinaJanuary 30, 20231 min read
१ करोडको लगानी सहित गाभर भ्यालीमा चक्रपथ निर्माण हुँदै, 

काठमाडौं । बाँकेको प्रमुख पर्यटकीय क्षेत्र गाभरमा चक्रपथ निर्माण हुने भएको छ । गाभर भ्यालीमा पर्यटन प्रर्वद्धन गर्न च्यामा र चिसापानी जोड्ने गरि चक्रपथ निर्माण गर्न लागिएको हो ।  

गाभर उपत्यकालाई चारैतिरबाट समेट्ने गरी करिब १० किलोमिटर क्षेत्रमा चक्रपथ निर्माण कार्य अघि बढाइएको बैजनाथ गाउँपालिका १ चिसापानीका वडा अध्यक्ष रुप बहादुर मल्लले बताएका छन् । हाल ट्रयाक खोल्ने काम भइरहेको सो क्षेत्रमा करिब २ किलोमिटर क्षेत्रमा ट्रयाक निर्माणको काम बाँकी छ ।  बसोबाससँग कुरा गर्दै मल्लले सो क्षेत्रमा कल्भर्ट निर्माण भइरहेको जानकारी दिए । 

बहुवर्षीय योजना अन्तरगत राखिएको चक्रपथ निर्माणका लागि सहरी विकास तथा भवन कार्यालय र लुम्बिनी प्रदेश सरकारबाट १ करोड रुपैयाँ प्रारम्भिक बजेट छुट्याइएको छ । ‘बजेटले भ्याएसम्म यस वर्ष काम अघि बढाइने छ, भने बाँकी कार्यलाई अघिल्ला वर्षहरूमा प्राथामिकतामा राखेर काम अघि बढाइने छ’ उनले भने ।  

सडक निर्माण सम्पन्न भएपछि पदयात्राका लागि समेत सहज हुने स्थानीयवासीको अपेक्षा छ । गाभरमा रहेको लायन्स पार्क तथा होमस्टे र गाभर उपत्यका पछिल्लो समय बाँके, बर्दिया र सुर्खेत लगायतका जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा परिचित रहेको छ । 

छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । चारैतिर घना जंगलले घेरिएको गाभर भ्याली अध्ययन अनुसन्धानका लागि समेत उपयुक्त भएको गन्तव्य बनेको छ । 

यहाँबाट चुरे पर्वतको मनोरम दृश्य देख्न सकिन्छ । पर्यटक आकर्षणको केन्द्रबिन्दु रहेको गाभर भ्यालीमा आन्तरिक पर्यटकका साथै भारत, स्विट्जरल्याण्ड, क्यानडा, बंगलादेश, अमेरिका, थाइल्याण्ड, बहराइनलगायतका विभिन्न मुलुकबाट भ्रमणका लागि आउने गरेका छन् ।आ

bankebuild ring road in Gaver Valleygavar valleyMulti-year plan

You May Also Like

More stories from Basobaas