News

काठमाडौं महानगरद्वारा सडकमा निर्माण सामग्री राख्नेलाई १ लाख रुपैयाँ जरिवाना

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामग्री राख्ने निर्माण कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ । बुधबार महानगरको वडा नम्बर ३२ अन्तर्गत वाग्मती करिडोरमा पेटी निर्माणको क्रममा निर्माण सामग्री सडकमा राखिएको पाइएपछि  डुकुचु निर्माण सेवा प्रालिलाई जरिवाना तिराएको हो । 

डुकुचुले सार्वजनिक सडकमा निर्माण सामग्री राखेर आवागमनमा अवरोध पुर्‍याएको महानगर प्रहरी बलले जनाएको छ । 

Kathmandu mahanagar

नगरपालिकाले सार्वजनिक स्थल र सडकमा निर्माण सामग्री राखेर अवरोध पुर्‍याउने तथा यातायातमा समस्या निम्त्याउने गतिविधिहरूलाई रोक्न कडा कदम चाल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It