News

आन्दोलनको चपेटामा तिहार ‘फ्लोरा एक्स्पो’, प्रदर्शनीमा पुग्ने बाटो नहुँदा चहलपहल शून्य 

By BabinaOctober 27, 20241 min read
आन्दोलनको चपेटामा तिहार ‘फ्लोरा एक्स्पो’, प्रदर्शनीमा पुग्ने बाटो नहुँदा चहलपहल शून्य 

काठमाडौं । भृकुटिमण्डपमा जारी तिहार ‘फ्लोरा एक्स्पो’को दोस्रो दिन एक्स्पो सुनसान देखिएको छ । माओवादी संगठनले सरकार विरुद्ध गरेको विरोध कार्यक्रमका कारण सर्वसाधारणको चहलपहल घट्दा एक्स्पो सुनसान देखिएको हो । 

Flora Expo

बिदाको दिनमा व्यापार बढ्ने आशामा रहेका व्यवसायीहरू मेलामा अपेक्षित भीड नहुँदा चिन्तित छन् । “आन्दोलनले गर्दा कारोबारमै धक्का लागेको छ,” पशुपति एग्रो ट्रेडर्सका सञ्चालक ओमप्रकाश ढकालले भने, “यसले निरन्तरता पाउने हो भने भने व्यवसायीहरूले भाडासम्म तिर्न नसक्ने अवस्था आउन सक्छ ।”

Flora Expo

आइतबार पनि आन्दोलन हुने जानकारीले व्यवसायीहरू थप निराश बनेका छन् । भने आगामी दिनमा कारोबारमा सुधार होला भन्ने कुरामा विश्वस्त हुन नसकेको बताउँछन् ।

Flora Expo

तिहारलाई लक्षित गरी शुक्रबारदेखि सुरु गरिएको यो एक्स्पो कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ ।

Flora Expo

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

BhrikutimandapFlora Expo

You May Also Like

More stories from Basobaas