News

अरुण तेस्रो प्रवेश मार्गः छुटेको जग्गा मुआब्जा दर प्रतिरोपनी ११ लाख ७५ हजार

By BabinaMay 26, 20231 min read
अरुण तेस्रो प्रवेश मार्गः छुटेको जग्गा मुआब्जा दर प्रतिरोपनी ११ लाख ७५ हजार

काठमाडौं । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो प्रवेश मार्गका मुआब्जाको दर निर्धारण गरिएको छ । केही दिनअघि बसेको जिल्ला मुआब्जा दर निर्धारण समितिको बैठकले छुटेको जग्गाको मुआब्जा दर निर्धारण गरेको हो । 

समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको संयोजकत्वमा बैठक बसेको थियो । जिल्लास्थित जनप्रतिनिधि, दलका प्रतिनिधि तथा सरोकारवाला पक्षको छलफलपछि छ्याङकुटी–दिदिङ–पुखुवा क्षेत्रको मुआब्जा दर निर्धारण गरेको छ ।

लामो समयदेखि मुआब्जाको माग गर्दै स्थानीयले आन्दोलन गरेपछि मुआब्जा दिन छुटेका जग्गाको यकिन विवरण र अन्यसम्बन्धी प्रतिवेदन तयार पार्न  संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन भएको थियो । सो अध्ययन समितिले चार सय ५१ रोपनी जग्गाको मुआब्जा दिन छुट भएको ठहर गरेको थियो । 

सोही आधारमा छ्याङकुटी–दिदिङ–पुखुवा क्षेत्रको मुआब्जा दर प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको हो ।

चिचिला गाउँपालिकाको १, २ र ३ वडाका करिब दुई सय घर परिवारको जग्गा अधिग्रहण गरी छ्याङकुटीदेखि परियोजनास्थल पुखुवासम्म जोड्ने साढे २३ किलोमिटर लामो सडक निर्माण गरिएको थियो ।

मुआब्जा दर निर्धारण भएसँगै बिना अवरोध अरुण तेस्रोको काम सहज रूपमा हुने अपेक्षा लिइएको छ ।

यसअघि ०४६ सालमा मुआब्जा वितरण भएको थियो । तर ०५१/५२ सालमा नापी हुँदा  लगतकट्टा हुनुपर्नेमा व्यक्तिको नाममा भएकाले पछि ०६६/६७ सालमा लगतकट्टा हुँदा छुटेका जग्गाको मुआब्जा अधिग्रहण गर्ने सूचना प्रकाशन भएको थियो । 

सो सूचनाका आधारमा आवेदन परेकाबाट सर्वपक्षीय बैठकबाट दर निर्धारण गरिएको हो ।सरकारी स्वामित्वमा

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

Arun Third Entrancecompensationconstruction updateElectric house constructionSankhuvasabha

You May Also Like

More stories from Basobaas