News

बुबासँग ऋण लिएर रियल इस्टेट प्रवेश गरेका डोनाल्ड ट्रम्प यसरी बने अर्बपति

By MenuqshApril 18, 20224 min read
बुबासँग ऋण लिएर रियल इस्टेट प्रवेश गरेका डोनाल्ड ट्रम्प यसरी बने अर्बपति

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक जीवनमा थुप्रै विवादको सामना गर्नुपर्यो । उनी कहिले राजनितिक त कहिले कानुनी झगडाका कारण सञ्चारमाध्यमको हेडलाइनबाट कहिल्यै छाँयामा परेनन् । प्रायजसो विवादमा तानिने बानी परेका ट्रम्प ह्वाइट हाउस प्रवेश गर्नुअघि रियल इस्टेट व्यवसायमा सफल अर्बपति थिए भन्ने कुरा धेरैलाई थाहा हुनपनि सक्छ । आज हामी उनै रियल इस्टेट टाइकूनको बारेमा चर्चा गर्दैछौं ।

‘रियल इस्टेटमा लगानी गर्नु भनेको स्मार्ट इन्भेस्टमेन्ट हो ।’ -डोनाल्ड ट्रम्प

आजको दिनमा डोनाल्ड ट्रम्पको नाम नसुन्ने मान्छे सायद कम नै होलान् । ट्रम्प स्वयम् नै आफू विश्वविख्यात व्यक्ति रहेको तर्क गर्छन् । चर्चाका हिसाबले मात्र नभएर उनी दुनियाँका धनी व्यक्तिहरू मध्येका एक पनि हुन् । आफूले १० अर्ब अमेरिकी डलर सम्पती कमाएको दाबी गर्दै आएका छन् । उनले जेजति सम्पति आर्जन गरे त्यसको कारण रियल इस्टेटमा गरेको स्मार्ट लगानी नै हो । कुनैपनि क्षेत्रमा लगानी गर्नु झट्ट हेर्दा सहज होला जस्तो देखिन्छ । लगानी पश्चात केही प्रतिशत नाफा अवश्य आउँछ भन्ने मनस्थिति धेरैको हुन्छ । यद्यपि लगानी गर्नुअघि बजारको मिहिन अध्ययन गर्नु आवश्यक छ । 

काम सुरु गर्नु पूर्व नै ट्रम्पले बुबाबाट एक लाख डलर ऋण लिएर रियल इस्टेटमा लगानीकर्ताको रुपमा प्रवेश गरेका थिए । ट्रम्प भन्छन्- ‘मलाई कामको प्रेरणा बुबाबाट नै मिलेको हो ।’ उनका बुबा फ्रेड ट्रम्प ‘एलिजाबेथ ट्रम्प एन्ड सन’ नामक सफल घर जग्गा व्यवसायका संस्थापक हुन् । 

सानै उमेरदेखि लगानी गर्न थालेका ट्रम्पले समयसँगै लगानी गर्ने कलामा निपुणता हासिल गरे । उनले २२ वर्षको सानै उमेरमा लगानी सुरु गरेका थिए । व्हार्टन स्कुलबाट स्नातक गरेपछि उनले बुवासँग काम गरे । उनका बुवा मिड मार्केटमा अपार्टमेन्ट निर्माण गर्ने र भाडामा लगाउने काम गर्दथे । उनले त्यहाँ बुबाको काममा रेखदेख गर्नथाले । उनी रियल इस्टेटलाई सतहबाट नै बुझ्न चाहन्थे, त्यसकारण पनि उच्च पदमा रहेर काम गर्ने मोह उनले राखेनन् । सोही कामलाई  लिएर ट्रम्पले पृथक परिकल्पना गरे । जसका लागि उनी हाई-प्रोफाइलका ठूला परियोजनाहरूको खोजी गर्न थाले ।

 सुरुमा त छोराको महत्वाकाङ्क्षालाई लिएर उनका बुवा केही हडबडाएका थिए । तर काममा लगनशीलता देखाएर आखिर उनले बुबाको विश्वास जिते । काम सुरु गर्नु पूर्व नै ट्रम्पले बुबाबाट एक लाख डलर ऋण लिएर रियल इस्टेटमा लगानीकर्ताको रुपमा प्रवेश गरेका थिए ।

ठूलो परियोजनाका लागि अनुमति पाएका उनी सुरुवात म्यानहटनबाट गर्न चाहन्थे । त्यो क्षेत्र कब्जा गर्ने र त्यसपछि त्यहाँबाट अगाडि बढ्ने उनको लक्ष्य थियो । यद्यपि उनले रनडाउन कमोडोर होटेलको नवीकरण सुरु गरे । त्यसलाई सानो भवन, मध्यम छात्रावास जसरी विकास गर्ने उनको योजना थियो । आर्थिक स्तरमा सुधार आएसँगै उनको योजनाले फरक रूप लियो । पछि उनले त्यसलाई २५ तले होटलका रुपमा विकास गरे । विस्तारै उनले आश्चर्यपूर्ण ढंगमा व्यापक लगानी गर्न थाले । 

राम्रो नाफा कमाइरहेका ट्रम्पको सन् १९९६ को अक्टोबरमा हयात कर्पोरेसनले होटेलको आधा शेयर १४२ मिलियन डलरमा खरिद गर्यो । यतिबेला ट्रम्पको करिअरले राम्रो उचाइ लिइसकेको थियो । तर यता म्यानहटनको स्वप्निल परियोजना बाँकी नै थियो । जुन कमोडोर भन्दा वृहत थियो ।

ठूलो टावर निर्माण गरेर उच्च घरानियाँलाई ब्लकहरू बेच्नसके राम्रो आम्दानी हुने कुराले उनलाई लगानीमा आकर्षित गरेको थियो । उनले परिकल्पना गरेबमोजिम आकर्षक र अग्लो भव्य निर्माणको योजना सहित सन् १९८० मा उक्त परियोजनालाई अघि बढाएका थिए । अन्ततः उनले मिडटाउन म्यानहट्टनमा ६८ तले गगनचुम्बी टावर खडा गरे । उक्त टावरमा भएका २६३ वटा घरहरू बेचेर राम्रो आम्दानी गर्न सक्ने आँकलन गरिसकेका थिए । यद्यपि उनको सोच अझै फराकिलो थियो । उनले उक्त टावरमा आफै बस्ने योजना बनाए । साथै ट्रम्प टावरमा सपिङ सेन्टरका लागि स्पेस पनि छुट्याइयो । 

परिवारको व्यवसायलाई विस्तार गर्दै उनले ब्रुकलिन र क्विन्सका हाउजिङलाई म्यानहट्टनको परियोजना रूपान्तर गरे । अहिले उनको नाममा बनेका ट्रम्प प्लेस, ट्रम्प वर्ल्ड टावर, ट्रम्प अन्तर्राष्ट्रिय होटल र टावरहरू छन् । अहिले मुम्बई, इस्तानबुल र फिलिपिन्समा ट्रम्प टावरहरू छन् ।

ट्रम्प टावरले व्यवसायिक रुपमा सफलता दिने मात्रै नभएर उनको व्यक्तिगत प्रतिष्ठा समेत दिलाएको छ । म्यानहटनको बीचमा ठूलो र सुनको अक्षरमा नाम लेखिएको ६८ तले टावरले कस्तो प्रतिष्ठा कायम गर्छ, जोकोहीले अनुमान लगाउन सक्छ । आज दुनियाँमा चिरपरिचित नाम डोनाल्ड ट्रम्पले प्रतिष्ठाका लागि कसरी प्रयोग गरे त्यो त हामीले देखेका नै छौं ।

मनोरञ्जन क्षेत्रमा ट्रम्प

थुप्रै होटल र क्यासिनोहरूका मालिक ट्रम्प बैंकको जोखिममा परेका थुप्रै व्यवसायको भरोसा समेत बनेका छन् । मनोरञ्जनको क्षेत्रमा पनि उनको विशेष योगदान रहेको छ । उनी सन् १९९६ देखि २००३ सम्म उनी मिस युनिभर्स, मिस युएसए, र मिस टिन यूएसए सौन्दर्य प्रतियोगिताका प्रायोजक थिए । 

प्रशस्त सम्पति र समाजमा भएको प्रतिष्ठाले मात्र उनलाई सन्तुष्टि दिएन । सायद उनलाई नीतिगत शक्तिमा पनि हावी हुनु थियो । अथवा दार्शनिक शैलीमा नै परिभाषित भएबमोजिम समाजसेवाको मोह भएर हुनसक्छ, उनले राजनीतिमा आउने निर्णय गरे । अन्ततः रियल इस्टेटमा चर्चित र स्थापित अर्बपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा राष्ट्रपतिको उम्मेद्वारी दिए, पद हासिल पनि गरे । जुन तत्कालीन समयमा बहस विषय मात्रै बनेन, उनले थुप्रै आलोचनाको सामना गर्नुपर्यो ।

businessdonald trumprealestaterise of donald trump

You May Also Like

More stories from Basobaas