News

वर्षको सुरुमै घट्यो घरजग्गा कारोबार र राजस्व संकलन, कहाँबाट कति भयो कारोबार ?

By BabinaMay 19, 20244 min read
वर्षको सुरुमै घट्यो घरजग्गा कारोबार र राजस्व संकलन, कहाँबाट कति भयो कारोबार ?

काठमाडौं । नयाँ वर्षको सुरुवात अर्थात् गत बैशाखमा घरजग्गा कारोबार र राजस्व संकलनमा सामान्य गिरावट आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चैतको तुलनामा वैशाखमा घरजग्गाको कारोबारमा ४ सय ७० ले कमी आएको हो ।

बैशाखमा देशभरका मालपोत कार्यालयबाट ४९ हजार ७  सय ८२ वटा घरजग्गा किनबेच भएका छन् । जबकि चैतमा ५० हजार २ सय ५२ वटा घरजग्गा किनबेच भएका थिए ।

कारोबारमा गिरावट आएसँगै चैतको तुलनामा बैशाखमा घरजग्गा कारोबारबाट उठ्ने राजस्व ८ करोड ४३ लाख रुपैयाँले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

चैतको तुलनामा बैशाखमा सरकारले घरजग्गा संकलन गर्ने राजस्वमा ८ करोड ४३ लाख २० हजार ५ सय ५० रुपैयाँले कमी आएको  विभागको तथ्याङ्कले देखाएको छ । बैशाखमा ३ अर्ब ८६ करोड ३८ लाख १६ हजार २ सय ६६ रुपैयाँ राजश्व संकलन गरेको छ । जबकि चैतमा ३ अर्ब ९४ करोड ८१ लाख ३६ हजार ८ सय १६ रुपैयाँ राजश्व संकलन भएको थियो । 

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजश्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर, सेवा कर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ । 

उपत्यकाभित्रका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजश्व संकलनको अवस्थाः
क्र. सं  मालपोत कार्यालय लिखत पारित सेवाकर  रजिष्ट्रेशन दस्तुर पुँजीगत लाभकर
१. भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर ९९५ १ करोड ७६ लाख ३४ हजार ६ सय ३३  २७ करोड ८५ लाख ६२ हजार ७३  १७ करोड ३३ लाख २९ हजार ६ सय ६ 
२. भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर ९८४ २ करोड १२ लाख २ हजार ४ सय ६९  १६ करोड ५४ हजार ६ सय ४२  १२ करोड ३२ लाख ९ हजार २८
३.  मालपोत कार्यालय कलंकी, काठमाडौं ७३१ ९५ लाख ३२ हजार ९ सय १९  १४ करोड ६० लाख २० हजार १ सय ५३  ७ करोड २९ लाख १ सय ७० रुपैयाँ
४.  मालपोत कार्यालय चाबहिल, काठमाडौं ४९१ ९७ लाख  १७ हजार ६ सय ४७ रुपैयाँ १४ करोड ९४ लाख ४८ हजार ५ सय ६६ रुपैयाँ ८ करोड ८७ लाख ९४ हजार १ सय २० रुपैयाँ
५.  मालपोत कार्यालय साँखु, काठमाडौं ४४५ २१ लाख ३० हजार ३ सय ६१ रुपैयाँ ६ करोड ४० लाख २७ हजार ४ सय ३९ रुपैयाँ ३ करोड ८८ लाख ८२ हजार ३ सय ९७ रुपैयाँ
६. मालपोत कार्यालय मनमैजु, काठमाडौं ३४९ ३८ लाख ६ हजार २ सय ४ रुपैयाँ ५ करोड ३२ लाख ४७ हजार ४ सय ९६ रुपैयाँ ३ करोड २७ लाख ४४ हजार ९ सय ९५ रुपैयाँ
७. भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं २०५ २ करोड ९ लाख ५० हजार ९ सय ७६ रुपैयाँ २१ करोड १२ लाख ५४ हजार ९ सय ४९ रुपैयाँ ९ करोड ४४ लाख ३५ हजार ८ सय ५८ रुपैयाँ
८. मालपोत कार्यालय टोखा, काठमाडौं १५४ १८ लाख ८३ हजार ९० रुपैयाँ ३ करोड ३९ लाख ४ हजार ७ सय ८७ रुपैयाँ १ करोड ६४ लाख ३२ हजार ९ सय ३० 
९. मालपोत कार्यालय गोटिखेल, ललितपुर १२ ३९ हजार ५ सय  १ लाख ६७ हजार ४ सय २७ रुपैयाँ ६३ हजार ७ सय ५० रुपैयाँ

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

उपत्यका बाहिरको कारोबारको अवस्थाः
क्र. सं  मालपोत कार्यालय लिखत पारित सेवाकर  रजिष्ट्रेशन दस्तुर पुँजीगत लाभकर
१. भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी २०११ ५८ लाख २८ हजार ५ सय ७१ रुपैयाँ ९ करोड २ लाख १४ हजार १ सय ५ रुपैयाँ ६ करोड २३ लाख ८१ हजार ५ सय ३९ रुपैयाँ
२. भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा १७२८ ५२ लाख ५५ हजार ७ सय ३६ रुपैयाँ ४ करोड २१ लाख ७८ हजार ४ सय ४९ रुपैयाँ २ करोड ६७ लाख ४० हजार ८७ रुपैयाँ
३. भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा १७६७ ४७ लाख ९८ हजार ५ सय ९९ रुपैयाँ ३ करोड २७ लाख ४९ हजार १ सय ९६ रुपैयाँ १ करोड ५८ लाख ८२ हजार २ सय ४९ रुपैयाँ
४.  मालपोत कार्यालय बेलवारी, मोरङ १६१० ४२ लाख १९ हजार १ सय १३ रुपैयाँ ३ करोड २९  लाख ३८ हजार ३६ रुपैयाँ १ करोड ४४ लाख ७८ हजार १८ रुपैयाँ
५.  भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी १३९८ १३ लाख ४४ हजार १ सय ४० रुपैयाँ १ करोड ९२ लाख ७२ हजार ६ सय ४ रुपैयाँ  ४८ लाख ५० हजार ४ सय १३ रुपैयाँ 

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

देशभरबाट सबैभन्दा धेरै राजस्व संकलन भएका मालपोतहरूः
क्र. सं  मालपोत कार्यालय राजस्व संकलन 
१. भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर ४३ करोड ७२ लाख ३९ हजार ६४ रुपैयाँ
२. भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर २८ करोड २० लाख ८५ हजार ८ सय ९२ रुपैयाँ 
३. भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं ३० करोड १९ लाख ८० हजार २ सय ६५ रुपैयाँ
४.  मालपोत कार्यालय कलंकी, काठमाडौं २० करोड ३९ लाख ५८ हजार ७ सय २५ रुपैयाँ
५.  मालपोत कार्यालय चाबहिल, काठमाडौं २२ करोड २६ लाख ९५ हजार ८ सय ९९ रुपैयाँ

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

 

kathmandu real estateLand RevenueNepal Housing MarketNepal Land Recordsnepal real estateproperty marketProperty Revenue DeclineProperty TransactionsReal Estate Trends

You May Also Like

More stories from Basobaas