Lifestyle

टीकाको थालीलाई आकर्षक कसरी बनाउने !

By BabinaOctober 23, 20231 min read
टीकाको थालीलाई आकर्षक कसरी बनाउने !

काठमाडौं । विजयादशमीको दिन देवी दुर्गाको प्रसाद स्वरुप लगाइने टीका, जमरा लगाइने हुँदा आवश्यक सामग्री राख्न छुट्टै थालीको प्रयोग गरिन्छ । हिजोआज त झनै फोटो भिडिओ सामाजिक सञ्जालमा राख्ने चलन बढ्दै गएको छ । आकर्षक फोटो तथा भिडिओका लागि त थाली पनि राम्ररी अर्गनाइज गर्नैपर्यो । त्यसैले आज हामीले केही आकर्षक थाली तथा टेबल डेकोरका तस्वीरहरू तल राखेका छौं ।

घरमा भएको सामान्य थालीको प्रयोग गरि टीका जमरा र पैसालाई मिलाएर राखेर सामान्य तरिकाले सजाउन सकिन्छ । 

dashain tika table decorयस प्रकारको थालिमा टिकाको सामान छुट्टाछुट्टै मिलाएर राख्न सकिन्छ । यसरी टिकाको थाली सजाउँदा टेबल निकै आकर्षक देखिन्छ ।

dashain tika table decor

टीका लगाएपछि फलफुल तथा खानेकुरा खान दिने चलन छ । टिकाको थालीमा नै फलफुल राख्ने कुरा पनि त भएन । त्यसैले टीका थालीको छेवैमा एउटा बकेटमा फलफुल राखेर टेबल सजाउन सकिन्छ । 

dashain tika table decor जमरा काटेर राख्दा छरिएर फोहोर देखिने हुँदा जमराको राखेको टपरी नै टेबलमा राखेर आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।dashain tika table decor बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

Dashain tikadashain tika table decorhome decor

You May Also Like

More stories from Basobaas