News

‘क्रेडिट क्रन्च’ले अपार्टमेन्ट व्यापार भयो ठप्प, अपार्टमेन्ट किन्नका लागि सोधखोज गर्नेनै छैनन्

By BN EditorialMarch 17, 20171 min read
‘क्रेडिट क्रन्च’ले अपार्टमेन्ट व्यापार भयो ठप्प, अपार्टमेन्ट किन्नका लागि सोधखोज गर्नेनै छैनन्

भूकम्पले थला परेको अपार्टमेन्ट व्यापारमा सुधारको क्रममा रहेकै बेला ‘क्रेडिट क्रन्च’ले ठप्प भएको हो।नेपाल आवास तथा जग्गा व्यवसायी संघका महासचिव मीनमान श्रेष्ठले अपार्टमेन्ट सोधखोज गर्ने समेत नआएको बताए।

वित्तीय तरलताका कारण बैंकहरुले ऋण दिन छाडेपछि अपार्टमेन्ट क्षेत्र प्रभावित भएको हो।अहिले व्यावसायिक क्षेत्रले समेत ऋण पाउन सकेका छैनन्।राष्ट्र बैंकले ओभरड्राफ्ट लोनको सीमा ७५ लाखमा झारेपछि घरजग्गा कारोबार प्रभावित भएको हो।

ओभरड्राफ्ट लिएर घरजग्गा र शेयरमा लगानी भएको पाइएपछि राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत ओभरड्राफ्ट लोन ७५ लाख रुपैयाँमा झारेको हो।अन्तर्राष्ट्रियस्तरमा उत्पादनमूलक क्षेत्रको रुपमा मान्यता दिएको अपार्टमेन्टलार्इ नेपालमा अनुत्पादक क्षेत्रमा राख्दा समस्या भएको उनले बताए।

श्रेष्ठ भन्छन्, २ सय ४७ वटा क्षेत्र रियलस्टेट सँग प्रत्यक्ष जोडिएका छन्। यो क्षेत्रमा आश्रित रोडा, बालुवा, ईट्टा, काठ,पेन्ट्स, ग्रील  व्यवसाय प्रत्यक्ष प्रभावित हुन्छन्।श्रेष्ठले अपार्टमेन्ट किन्न जाने ग्राहकलार्इ बैंकले फर्काइदिने गरेको बताए।

‘कुनैपनि अपार्टमेन्ट किन्न जाने ग्राहकसँग एकमुष्ट पैसा तिर्नसक्ने अवस्था हुँदैन।बैंक तथा वित्तीय संस्थामा ऋण लिन गए उनीहरुले दिँदैनन्’ उनले भने,ऋण दिएपनि ब्याज १५देखि १६ प्रतिशत ब्याज लिने भनेपछि कसले किन्छ अपार्टमेन्ट? उनले घर भन्दा अपार्टमेन्ट सस्तो र सुलभ भएपनि सरकारको नीतिले समस्या भएको बताए।

Source: Bizmandu

apartmentcredit crunchkathamandu

You May Also Like

More stories from Basobaas