News

सहकारीको जग्गा व्यक्तिलाई बेच्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Pinterest LinkedIn Tumblr

काठमाडौं । सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेर भ्रष्टाचार गरेको आरोपमा नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा भण्डार सहकारीका तत्कालीन अध्यक्षसहित अन्य आठजना विरुद्द बिहीबार मुद्दा दायर गरेको हो ।

अख्तियारले सहकारीका तत्कालीन अध्यक्ष जयकुमार खड्का, सदस्य सचिव तथा महाप्रबन्धक अमर थापा, सञ्चालक समिति सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा र भोलाप्रसाद न्यौपाने लगायतका विरुद्ध मुद्दा दायर गरेको छ ।

उनीहरूले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८, स्थित २ रोपनी जग्गा र बाँके कोहलपुरको दुई कठ्ठा १७ धुर जग्गा कम मूल्यमा बिक्री गरेको अख्तियारले जनाएको छ । जसबाट संस्थालाई ४ करोड ४ लाख २४ हजार १ सय ८१ रुपैयाँ २० पैसा हानिनोक्सानी भएको अख्तियारको ठहर छ । 

जग्गा बिक्रीबापत संस्थालाई नोक्सानी पुर्‍याएको बिगो भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सोही दफा १७ ले निर्देश गरेको दफा ३ को उपदफा (१) को खण्ड –झ) बमोजिम कैद र जरिवाना गरी ऐ.को दफा १७ बमोजिम बिगोसमेत असुल उपर हुन मागदाबी लिइएको छ ।

यस्तै, बोलपत्रमा अरुको नाम मात्रको प्रतिस्पर्धा र सहभागिता देखाई मिलेमतो गरी न्यून मूल्यमा जग्गा खरिद गरी संस्थालाई ३ लाख ३० हजार रुपैयाँ हानिनोक्सानी पुर्‍याएको पुष्टि भएको भन्दै सोही बमोजिम मागदाबी लिएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It