News

सहकारीलाई कडा मापदण्ड प्रस्तावः व्यवसायिक रुपमा घरजग्गा किन्न नपाउने

By BabinaJanuary 15, 20252 min read
सहकारीलाई कडा मापदण्ड प्रस्तावः व्यवसायिक रुपमा घरजग्गा किन्न नपाउने

काठमाडौंअब सहकारी संस्थाहरूले व्यावसायिक प्रयोजनका लागि घरजग्गा खरिद र निर्माण गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको नयाँ निर्देशन मस्यौदामा सहकारीले कार्यालय प्रयोजनका लागि मात्रै घरजग्गा किन्न वा निर्माण गर्न पाउने प्रस्ताव गरेको छ ।

सहकारीले व्यावसायिक प्रयोजन (लगानी)को रुपमा घरजग्गा खरिद वा निर्माण गर्नका लागि सहकारीले तीन वर्षसम्म निरन्तर मुनाफा कमाएको हुनुपर्नेछ । साथै, सञ्चित नोक्सानी नरहेको र न्यूनतम पुँजीकोष कायम रहेको अवस्थामा मात्रै सहकारीले घरजग्गा खरिद वा निर्माण गर्न पाउनेछन् ।

त्यसका लागि प्राथमिक पुँजीको २५ प्रतिशत वा जगेडा कोषको ५० प्रतिशतसम्म (जुन कम हुन्छ) मात्र खर्च गर्न अनुमति हुनेछ । यो पनि प्रतिस्पर्धात्मक विधिबाट पारदर्शी रूपमा खरिद/निर्माण गर्नुपर्ने शर्तमा प्रस्ताव गरिएको छ । 

‘उपरोक्त सर्तविपरीत सम्पति खरिद/निर्माण गरेमा सो बराबरको रकम प्राथमिक पुँजीकोष गणना गर्दा घटाउनु पर्नेछ । सम्पत्ति खरिद/निर्माण गर्दा साधारणसभाको कम्तीमा ५१ प्रतिशत बहुमतको निर्णयबाट मात्र गर्नुपर्नेछ र सम्पत्ति खरिद/निर्माण गरिएको जानकारी ३० दिनभित्र नियमनकारी निकायमा दिनुपर्नेछ,’ मस्यौदामा भनिएको छ । 

मस्यौदाअनुसार सहकारीले बचतको ९० प्रतिशतसम्म रकम मात्रै ऋण प्रवाह गर्न पाउने प्रस्ताव गरिएको छ । यसैगरी संस्थाले अचल सम्पत्तिको धितोमा ऋण प्रवाह गर्दा महा/उपमहानगरपालिकामा रहेको धितो मूल्यांकनको बढिमा ५० प्रतिशतसम्म र नगर /गाउँपालिकामा रहको धितोको हकमा बढीमा ६० प्रतिशतसम्म ऋण प्रदान गर्नसक्ने बताइएको छ । 

संस्थाले ऋणी सदस्य स्वयमको वा निजको एकाघर परिवारको धितोमा मात्र ऋण प्रवाह गर्नुपर्ने प्रस्ताव गरिएको छ । सहकारी संस्थाले ऋणी सदस्यलाई परियोजनाको सुरक्षणमा प्रवाह गरिएका ऋणमा कुल परियोजना लागतको ८० प्रतिशतसम्म मात्र किस्ताबन्दीमा ऋण प्रवाह गर्नसक्ने मस्यौदामा उल्लेख छ । 

राष्ट्र बैंकको यो प्रस्तावले सहकारी संस्थाहरूको वित्तीय अनुशासन बलियो बनाउने उद्देश्य राखेको छ । सरोकारवालाको राय सुझावका लागि यो मस्यौदा माघ मसान्तसम्म खुला रहनेछ । राय सुझाव आएपछि राष्ट्र बैंकले निर्देशनलाई अन्तिम रूप दिनेछ ।

राष्ट्र बैंकको यो प्रस्तावले सहकारी संस्थाहरूको वित्तीय अनुशासन बलियो बनाउने उद्देश्य राखेको छ । सरोकारवालाको राय सुझावका लागि यो मस्यौदा माघ मसान्तसम्म खुला रहनेछ । राय सुझाव आएपछि राष्ट्र बैंकले निर्देशनलाई अन्तिम रूप दिनेछ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

Financial RegulationFinancial TransparencyInvestment GuidelinesNepal BankingReal Estate Restrictions

You May Also Like

More stories from Basobaas