Lifestyle

किन गर्ने व्यवसायिक घर जग्गामा लगानी ? यस्ता छन्, ५ फाइदाहरूः

Pinterest LinkedIn Tumblr

काठमाडौं । सामाजिक तथा आर्थिक रूपमा स्थापित हुनका लागि आफ्नो नाममा घर र जग्गाजमिन हुनु आधारभूत कुरा हो । यसका साथै आफूसँग सञ्चित रकम भएको खण्डमा पनि लगानी सुरक्षा र राम्रो प्रतिफलका लागि जग्गामा पैसा लगाउने गरिन्छ । त्यसैले, व्यवसायिक घरजग्गामा लगानी गर्दा कसरी लगानी गर्ने र यसका फाइदा के छन् भन्ने बारे चर्चा गरौँ-

१. उच्च प्रतिफलः

घरजग्गा क्षेत्रबाट ‘हाई रिटर्न अफ इन्भेस्टमेन्ट’ आउँछ भन्ने चलन छ । यो भनेको लगानीबाट उच्च प्रतिफल कमाउनु हो । घरजग्गा क्षेत्रमा लगानी गरेर ५/१० वर्षको अवधिमा रामै प्रतिफल लिन सकिन्छ । साथै व्यवसायिक प्रपर्टीहरूलाई छोटो अवधिका लागि भाडामा लगाएर पनि राम्रो प्रतिफल लिन सकिन्छ । 

कुन ठाउँको सम्पत्तिको मूल्य कति बढ्छ वा बढ्दैन भन्‍नेमा त्यो क्षेत्रमा बसोबास गर्ने मानिसहरूको औसत आम्दानीले पनि प्रभाव पर्छ । जुन ठाउँमा  मानिसको नगदी प्रवाह अर्थात् ‘क्यास फ्लो’ राम्रो छ, त्यहाँ घरजग्गाको मूल्य छिटो बढ्छ । जनसंख्यामा हुने परिवर्तनले बजारमा घरजग्गाको मागको अवस्थालाई बदल्छ । 

एक विशेष क्षेत्रमा बसोबास गर्ने मानिसहरूको संख्यामा वृद्धि भएसँगै त्यहाँ मागमा वृद्धि भई प्रपर्टिको मूल्याङ्कन पनि बढेर जान्छ । 

२. व्यवसायिक प्रयोजनः 

आफूसँग भएको जग्गा विभिन्न व्यवसायिक प्रयोजनका लागि भाडामा दिएर पनि राम्रो आम्दानी लिन सकिन्छ । साथै ठूला कम्पनीहरूलाई जग्गा लिजमा दिएर अथवा बिक्री गर्दा पनि राम्रो प्रतिफल पाइन्छ । कर्पोरेट अफिस, मल र पूर्वाधार निर्माण गरी भाडामा लगाउँदा थुप्रै आम्दानी लिन सकिन्छ । 

३. कम जोखिम:

सामान्यतः घरजग्गामा गरेको लगानी खेर जाँदैन भन्‍न‍े मान्यता छ । जग्गामा लगानी गर्नुलाई निकै सुरक्षित मानिन्छ । बढ्दो जनसंख्याले बजारमा घरजग्गाको माग बढ्दो छ तर जग्गा सीमित छ । सीमित ठाउँका कारण मागअनुसार नयाँ प्रपर्टीको पाउन कठिन हुन्छ । यसो हुँदा केही समय प्रतिक्षा गरेर धेरै फाइदा लिन सकिने र अरू व्यवसाय जस्तो घाटा भइहाल्ने अवस्था नआउने हुँदा व्यवसायिक घर जग्गामा लगानी गर्नु फाइदाजनक सावित हुन्छ । 

४. दीर्घकालीन वित्तीय सुरक्षाः

दीर्घकालीन हिसाबले हेर्ने हो भने, नेपालमा सबैभन्दा उच्च प्रतिफल पाउने क्षेत्रका रुपमा घरजग्गालाई नै लिइन्छ । यो क्षेत्रमा छोटो समयमै धेरै नाफा कमाउन भने सकिँदैन । घरजग्गा क्षेत्रमा लगानी गर्न ठूलो रकमको आवश्यकता पर्ने भएपनि ५/१० वर्षको अवधिमा रामै प्रतिफल लिन सकिन्छ । 

त्यसमा पनि व्यवसायिक घरजग्गामा लगानी गर्ने हो भाडामा लगाएर हरेक महिना राम्रै आम्दानी गर्न सकिन्छ । साथै व्यवसायिक सम्पत्तिहरू निश्चित समयका लागि भाडामा लगाउँदा निरन्तर रुपमा आम्दानी भइरहने हुँदा भविष्य आइपर्ने आर्थिक सङ्कट टार्न व्यवसायिक घरजग्गामा लगानीले सहयोग गर्छ ।

५. राम्रो क्रेडिट स्कोरः

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन ‘क्रेडिट हिस्ट्री’ राम्रो बनाउनुपर्ने हुन्छ । जसका लागि व्यक्तिको आम्दानी र खर्चलाई ध्यानमा राखिन्छ । यसो हुँदा भाडाबाट निरन्तर रुपमा आम्दानी भइरहने र कर काटिने हुँदा व्यक्तिको क्रेडिट स्कोर सकारात्मक देखिन्छ र बैंकले सहज रुपमा ऋण प्रदान गर्दछ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It