News

संघीय सरकारद्वारा रोल्पाका नौ स्थानिय तहमा जग्गाको वर्गीकरण

By BabinaDecember 27, 20221 min read
संघीय सरकारद्वारा रोल्पाका नौ स्थानिय तहमा जग्गाको वर्गीकरण

काठमाडौं । संघीय सरकारले रोल्पाका नौ स्थानिय तहमा जग्गा वर्गीकरण गरेको छ । ताकेको समय सीमाभित्र सुनछहरी गाउँपालिका बाहेक बाँकी ९ स्थानीय तहले जग्गा वर्गीकरण गरेका हुन् । सरकारले गत मङ्सिर २२ गतेसम्म जग्गाको वर्गीकरण गरिसक्न सबै स्थानीय तहलाई परिपत्र गरेको थियो ।

स्थानीय तहले जग्गालाई कृषि र गैरकृषि गरी दुई क्षेत्रमा वर्गीकरण गरेका छन् । भने गैरकृषि क्षेत्रको जग्गा भने केही समयपछि वर्गीकरण हुने नापी कार्यालय रोल्पाले जनाएको छ । 

तोकिएको समयभित्र जग्गाको वर्गीकरण नगर्ने स्थानीय तहले भने अब एकैपटक सबै प्रकारको वर्गीकरण गर्नुपर्ने छ । सरकारले भू-उपयोग ऐन २०७६ बमोजिम जग्गाको वर्गीकरण नभएसम्म कित्ताकाट गर्न रोक लगाएपछि तीन वर्षयता जग्गाको कित्ताकाट बन्द भएको थियो । 

जग्गाको वर्गीकरणसँगै अब जग्गाको कित्ताकाट पनि सुरु भएको छ । अब कृषि क्षेत्रका लागि कम्तीमा १ हजार वर्गमिटर र आवासीय क्षेत्रका लागि कम्तीमा १ सय ३० वर्गमिटर क्षेत्रफल भएको जग्गा कित्ताकाट हुने नापी कार्यलयले जनाएको छ । 

 त्यस्तै भू-उपयोग नियमावली, २०७९ अनुसार गैरकृषि क्षेत्रलाई आवासीय, व्यावसायिक, औद्योगिक, खनिज तथा खानी, वन, नदी खोला ताल तथा सिमसार, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र, सरकारद्वारा आवश्यकतानुसार तोकिएको अन्य क्षेत्र गरी तोकिएको छ ।

areas of public useclassification of landclassification of land in rolpacommercial landforests rivers lakes and wetlands landindustrial landLand Use Regulations 2079mineral and mining landResidential land

You May Also Like

More stories from Basobaas