समयमा पुल नबनेपछि हाकिम र ठेकेदारमाथि कुटपिट

काठमाडौं । रौतहटको चन्द्रनिगाहपुर–गैँडाटार जोड्ने चाँदी नदीको पुल समयमा नबनेपछि रौतहटका स्थानीयले सडकका हाकिम र ठेकेदारलाई कुटपिट छन् । चन्द्रपुर नगरपालिकामा निर्माणाधीन पुल सात वर्ष बितिसक्दा पनि अधुरै भएपछि स्थानीयले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा साह र ठेकेदार दयाराम साहलाई कुटपिट गरेका हुन् ।
समयमा पुलको काम सम्पन्न नगरेको भन्दै ४ दिन देखि स्थानीय पुल मुनी रिले अनशनमा बसेका थिए ।
अनशनरत स्थानीयलाई भेट्न बुधबार सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीई दरोगा साह ,ठेकेदार दयाराम शाह संघीय संसद् देव प्रसाद तिमल्सिना ,नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मी सहितको टोली अनशन स्थलमा गएका थिए । सोही बेला स्थानीयले हातपात गरेका हुन् । हातपात हुन थालेपछि दुवैजना प्रहरीको सुरक्षा घेरामा रहेर हिँडेका थिए ।
०७६ भित्र निर्माण सम्पन्न गर्नेगरी कुल २५ करोड ३६ लाख लागत पप्पु–शिवशंकर जेभीसँग पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । चार सय ६९ मिटर लम्बाइ र साढे सात मिटर चौडाइ रहने भनिएको पुलमा ११ स्पाम हुने सम्झौतामा उल्लेख छ ।
हालसम्म पुलको ६० प्रतिशत मात्र काम भएको छ । कोरोना, निर्माण सामग्रीको अभाव, बजेटजस्ता विविध कारण निर्माण कार्य ढिला भएको भन्दै निर्माण कम्पनीले म्याद थप गरेको थियो । तर पटकपटक म्याद थप गर्दा पनि निर्माण कार्यमा प्रगति देखिएको छैन ।
पछिल्लोपटक थपिएको म्याद असारमा सकिँदै छ । पुल नबन्दा हरेक वर्ष वर्षायाममा गैँडाटारबाट चन्द्रनिगाहपुर आउने क्रममा चाँदी खोलाले बगाएर सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् ।
बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
Latest Posts
Fresh reads from Basobaas








