Policy

तपाईंको जग्गामा अर्कैले घर बनायो, कानुनले कस्तो सजाय दिन्छ ?

By BabinaMarch 23, 20251 min read
तपाईंको जग्गामा अर्कैले घर बनायो, कानुनले कस्तो सजाय दिन्छ ?

काठमाडौं । नेपालको सन्दर्भमा साँध किचलो र जग्गा हडप्नेजस्ता प्रवृत्ति खासै नौलो कुरा होइन । खेतीपाती गर्न देखि घर बनाउँदासम्म पनि केही छिमेकीहरूले सीमा मिचिदिन्छन् । यस्तो अवस्थामा जग्गा मिच्नेलाई नेपालको कानुनले कारबाहीको दायरामा ल्याउँछ ।

यदि तपाईंको जग्गामा अर्कैले घर बनाइसकेको छ भने, विवाद समाधानका लागि नेपालको कानुनीले निम्न प्रकारको व्यवस्था गरेको छः

कानुनी प्रावधानः

मुलुकी देवनी संहिता २०७४ को ‘सम्पत्ति उपभोग सम्बन्धी व्यवस्थामा’ सहमति नलिई अर्काको जग्गामा घर बनाउन हुँदैन भनि स्पष्ट कानुनी प्रावधान राखेको छ । कुनैपनि व्यक्तिले अर्काको जग्गामा जग्गाधनीको लिखित अनुमति नलिई घर बनाउन पाउँदैन । यदि कसैले अर्काको स्वामित्वमा रहेको जमिनमा घर बनाएको छ भने जग्गाधनीले चाहेमा त्यस्तो घरको बजारमूल्यको २५ प्रतिशतसम्म कम मूल्यमा खरिद गर्न पाउनेछ । जग्गाधनीले त्यस्तो घर खरिद गरी लिन नचाहेमा उसले घरधनीलाई जग्गा खरिदका लागि मञ्जुरी दिनसक्छ । तर उसले त्यो जग्गा किन्नलाई बजार मूल्य भन्दा २५% बढि पैसा तिर्नुपर्ने कानुनी व्यवस्था छ । 

दुवै पक्ष मञ्जुर नभएमा संरचना भत्काउनुपर्नेः

जग्गाधनीले आफ्नो जग्गामा बनेको संरचना खरिद गरी लिन इन्कार गरेमा वा अन्य कुनै कारणले असहमत भएमा, घर बनाउनेले व्यक्तिले अरूको जग्गामा संरचना बनाएको थाहा पाएको मितिले तीन महिनाभित्र घर भत्काएर आफ्नो मालसामान लैजानुपर्छ । अर्थात् जग्गा पूर्व अवस्थामा जस्तै खाली गरिदिनुपर्ने कानुनी व्यवस्था छ ।

घरधनीले अटेरी गरेमा संरचना जग्गाधनीको हुनेः

अर्काको जग्गामा घर बनेको रहेछ भन्ने थाहा पाएको मितिले तीन महिनाभित्र घर भत्काएर नलगेमा वा लैजान अटेरी गरी बसेमा वा बेवास्ता गरी बसेमा कानुनको म्याद सकिएपछि अर्थात् तीन महिनापछि सो घर स्वतः जग्गाधनीको हुन्छ । 

त्यसपछि उक्त घरमा घरधनीको कानुनी अधिकार समाप्त भई जग्गाधनीको कानुनी अधिकार स्थापित हुन्छ र सो सम्पत्ति जग्गाधनीले निजी एकलौटी सम्पत्तिसरह भोगचलन र खरिदबिक्री गर्न पाउनेछ । सो सम्बन्धमा घरधनीले कुनै उजुरबाजुर, मुद्दामामिलासमेत गर्न नपाउने कानुनी व्यवस्था छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

Land DisputesProperty RightsReal Estate LawsUnauthorized Construction

You May Also Like

More stories from Basobaas