News

हाँडीगाउँमा ५० फिटभन्दा अग्ला भवन बनाउन नपाइने

Pinterest LinkedIn Tumblr

काठमाडौं । हाँडीगाउँ क्षेत्रमा ५० फिटभन्दा अग्ला भवन बनाउन नपाइने भएको छ । धार्मिक, ऐतिहासिक, सांस्कृतिक, सामाजिक महत्वका स्थान, भित्री सहरी क्षेत्रलाई मानवकेन्द्रित क्रियाकलापमा अभ्यस्त बनाउनुपर्ने भन्दै महानगरपालिकाले यस्तो नियम अघि बढाएको हो । 

हाँडीगाउँको सांस्कृतिक पक्षलाई जीवन्तता दिन तयार पारिएको गुरुयोजनाअनुसार अब ५० फिटभन्दा अग्ला भवन बनाउन पाइदैन । साथै यस्ता भवन निर्माणका लागि लाग्ने नक्सा दस्तुरमा ९० प्रतिशतसम्म छुट दिने योजना रहेको छ । 

आधुनिक सहरीकरणले सामाजिक अन्तरक्रिया र सम्बन्धलाई कमजोर बनाउँदै लगेको छ । सांस्कृतिक र सामाजिक क्रियाकलाप हुने सहरका मध्यभागसम्म सवारीसाधनको सहज पहुँच छ । जसले गर्दा मानिसहरू मठमन्दिर जाँदा होस् या खेलकुदका लागि जाँदा सवारीसाधनको प्रयोग गर्छन् । यसले प्राचीन स्मारक क्षेत्रको मौलिकपनमा खतरा बढाएको छ । 

हाँडीगाउँ गुरुयोजनाअन्तर्गत स्मारक क्षेत्रको वातावरणीय सुधार गर्न वर्ल्ड कार फ्री डे २०२३ (५ असोज ०८०) का दिन सवारी निषेध कार्यक्रम सञ्चालन गरिँदै छ । 

लिच्छिविकालीन सभ्यताको प्रतीक ‘हाँडीगाउँ’
उपत्यकाभित्र लिच्छविकालीन नगर सभ्यताको केन्द्र मानिने हाँडीगाउँ स्वतन्त्र राज्य व्यवस्थाबाट सञ्चालित थियो । शिव शक्ति र भक्तिका स्थान, वास्तुकला, चित्रकला, मूर्तिकला, चैत्य, बिहारजस्ता सम्पदाको एकै ठाउँमा अवलोकन गर्न सकिने ठाउँ थियो । 

हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छविकालको संस्कृति र सम्पदाका लागि सर्वाधिक प्राचीन स्थानका रूपमा लिइन्छ । यहाँ भएको सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्वलिच्छविकालका मन्दिरहरू भएको प्रमाण पाइन्छ । आधुनिक विकासले हाँडीगाउँमा हराएको प्राचीनताको आभासलाई पुनरुत्थान गराउन महानगरले गुरुयोजना अघि सारेको हो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It