Market

अनावश्यक मूल्य बढाएपछि मुआब्जा नदिई व्यक्तिको जग्गामा अर्बौंको पावरहाउस निर्माण हुँदै,

Pinterest LinkedIn Tumblr

काठमाडौं । ताप्लेजुङको मेवा खोलामा निर्माणाधीन युनाइटेड मेवा खोला हाइड्रोपावरले जग्गाको मुआब्जा नै नदिई मुख्य पावरहाउस निर्माण गरिरहेको छ । मुआब्जालगायत सुविधा नदिएको भन्दै पावरहाउस आसपासका एक दर्जनभन्दा बढी स्थानीयवासीले आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण हाल पावरहाउस निर्माणमा बाधा पुगेको छ । 

५० मेगावाट क्षमताको उक्त पावरहाउसको भवन तीन वर्षदेखि निर्माणाधीन छ । मेरिङ्देन गाउँपालिका वडा नम्बर ३ खाम्लुङ र वडा नम्बर ४ लिङ्तेपमा बन्दै गरेको सो हाइड्रोपावरको मुख्य पावरहाउस मेरिङ्देनखाम्लुङमा निर्माणाधिन छ । 

करिब नौ अर्ब लगानीमा निर्माणाधीन मुख्य पावरहाउसको जग्गा मातृका सामेखाम (लिम्बू)को नाममा छ । उनको चार रोपनी जग्गामा ठुल्ठूला बिल्डिङ बने पनि हालसम्म मुआब्जासमेत दिएको छैन । यसरी विभिन्न क्षेत्रमा क्षति गरेको तथा मुआब्जा नदिएपछि स्थानीयकै संयोजकत्वमा १६ जना पीडित सदस्य रहेको संघर्ष समिति नै गठन गरी आन्दोलनमा उत्रिएका छन् । 

आयोजनाको लागि बाटो निर्माण गर्दा निजी व्यक्तिको जंगलमा क्षति भएको छ । बाटोले नै सबै जग्गा ओगटेकाले क्षतिपूर्तिको माग गर्दा कम्पनीले कुनै वास्ता नगरेकाले आफूहरू आन्दोलनमा उत्रिनुपरेको स्थानीयको भनाइ छ ।  

निर्माणाधीन पावरहाउसको जग्गा हाइड्रोपावरको नाममा नआएको कम्पनीले स्वीकारेको छ  । सो चार रोपनी जग्गाको मूल्य स्थानीयले चलनचल्तीको भन्दा करिब आठ गुणा बढी भनेपछि जग्गाको मुआब्जा दिन कठिन भएको कम्पनीले जनाएको छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It