Development

४ करोड लगानीसहित विष्णुमती नदिमा पुल निर्माण हुँदै 

Pinterest LinkedIn Tumblr

काठमाडौं । गोंगबुस्थित गोंगबु–बानियाँटार पुलको शिलान्यास गरिएको छ । विष्णुमती नदिमा निर्माण हुन थालेको पुलले टोखा नगरपालिका वडा नं ११ र ८ जोड्ने छ ।

नगरप्रमुख प्रकाश अधिकारीद्वारा आइतबार जगपूजा गरी गोंगबु–बानियाँटार पुलको शिलान्यास गरिएको थियो । 

नगरपालिकाको कुल ४ करोड बजेटमा पुष्पाञ्जलि/रालुकादेवी निर्माण कम्पनीले पुल निर्माण गर्न लागेको हो । पुल २०८० साल पुसभित्र निर्माण सम्पन्न हुने जनाइएको छ ।

टोखावासीको मागबमोजिम पुल निर्माण भएपछि सहज रूपमा यातायात सञ्चालन भई जनताले राहत पाउने अपेक्षा गरिएको छ । 

स्रोतसाधन अभावका कारण यसअघि हुन नसकेका काम सम्पन्न गरी समृद्ध टोखाको निर्माणमा दिनरात खटिइरहेको नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It