News

आँबुखैरेनी सडक भासिँदा पृथ्वी राजमार्ग अवरूद्ध, ठुला सवारी र यात्रु अलपत्र

Pinterest LinkedIn Tumblr

काठमाडौं । खानिखोला आँबुखैरेनी सडक भासिँदा पृथ्वीराजमार्ग अवरूद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका-२ स्थित खानिखोला पुल नजिकै निर्माणाधिन सडक भासिँदा राजमार्ग अवरूद्ध भएको हो । 

आइतबार बिहान करिब १० बजेदेखि अवरुद्ध उक्त सडकखण्ड हालसम्म पनि मर्मत हुन सकेको छैन । राजमार्ग चौडा पार्ने उद्देश्यले उक्त सडक निर्माण भइरहेको थियो । सोही क्रममा सडक भासिन पुगेपछि पुलमा असर पुगेको छ । 

हाल राजमार्ग भएर गुड्ने साना सवारी साधनलाई वैकल्पिक बाटोबाट गन्तव्यमा पुग्न मद्दत गरिएको जिल्ला प्रहरी ‍कार्यलयले जनाएको छ । 

हाल माटो हालेर सडक पुर्ने काम भइरहेको र यातायात सञ्चालन गर्न करिब एक घण्टा लाग्ने अनुमान गरिएको छ । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौं सवारी साधन सडकमा अलपत्र परेका छन् ।

अविरल वर्षाका कारण गत जेठमा पनि आबुखैरेनी गाउँपालिका वडा नं. ४ ड्याम नजिक सडक भासिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Pin It